Thursday, August 5, 2021
HomeBreaking Newsकोरोना भाइरस संक्रमण : जोखिमभन्दा त्रास बढी

कोरोना भाइरस संक्रमण : जोखिमभन्दा त्रास बढी

संक्रमित ४३ हजारमध्ये ८६ प्रतिशत सामान्य अवस्थामा

,
sharethis

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट विश्वभरी संक्रमित भएका १ लाख १० हजार ७७ जनामध्ये ८६ प्रतिशत बढि सामान्य अवस्थामा फर्केका छन् । कोरोनाबाट संक्रमित भएको पुष्टि भएकामध्ये आधाभन्दा बढी उपचारपछि निको भएर घर फर्किएका हुन् । नेपालमा पनि कोरोनाको संक्रमण फैलिन सक्ने त्रासका कारण होसियार अपनाइएको छ । तथापी नेपालमा जोखिमभन्दा त्रास बढी देखिएका कारण कालोबजारीले मौलाउने मौका पाएको छ ।

हालसम्म विश्वका १ सय १० वटा मुलुकमा फैलिसकेको कोरोना भाइरसबाट संक्रमित १ लाख १० हजार ७७ मध्ये ६२ हजार २ सय ८० जना उपचारपछि निको भएर घर फर्किएको तथ्यांक छ । यो भाइरसबाट हालसम्म ३ हजार ८ सय ९२ जनाको मृत्यु भइसकेको छ ।

विश्वभर फैलिएको सो भाइरसको विषयमा जोखिमभन्दा बढी सन्त्रास फैलिएको चिकित्सकहरु बताउँछन् । धेरै मानिसमा यो भाइरस लागेपछि निको हुँदैन भन्ने भ्रम पनि छ । तर, पछिल्लो तथ्यांक हेर्दा उपचारपछि घर फर्कनेको संख्या बढी रहेको पाइन्छ । कोरोनाबाट मुख्य प्रभावित चीनको हुवेई प्रान्तमा मात्रै ५८ हजार ६ सय २ जना उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये हाल ४३ हजार ९ सय ६७ जना अस्पतालमा उपचार गराइरहेका छन् । संक्रमित ४३ हजारमध्ये ८६ प्रतिशत अर्थात् ३७ हजार ९ सय ९० जना सामान्य अवस्थामा छन् भने १४ प्रतिशत अर्थात् ५ हजार ९ सय ७७ जनाको जटिल अवस्थामा उपचार भइरहेको छ । गम्भीर अवस्थामा रहेकामा अधिकांश दीर्घ रोग, मधुमेह, उच्च रक्तचाप भएकामा देखिएको एक तथ्यांकले देखाएको छ । विश्वभर संक्रमण फैलिएपछि मृत्यु हुन्छ भन्ने त्रास फैलिरहेको छ । यो भाइरसको संक्रमण हुनेबित्तिकै मृत्यु हुने भ्रम फैलिएको छ । तर, उपचार पछि निको भएर फर्किएका उदाहरण धेरै छन् ।

हाल चीनमा १९ हजार सो संक्रमणबाट सामान्य अवस्थामा आएका छन् । चीनमा ५ हजार १ सय ११ जना मात्रै जटिल अवस्थामा उपचार भइरहेको छ । कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या हेर्दा १ हजारमा ५ देखि ४० जनासम्मको मृत्यु हुने गरेको पाइएको छ । कोरोनाबाट प्रभावित ५० प्रतिशत मानिस निको भएर घर फर्किएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्दा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेमा वृद्ध, मधुमेह, उच्च रक्तचाप, मुटु रोग लागेकाहरु धेरै छन् ।

जोगिन के गर्न सकिन्छ ?
कोरोनाको संक्रमणबाट जोगिन व्यक्तिगत रुपमा मानिससँग दूरी कायम राख्न सकिन्छ । रुघाखोकी लागेको मान्छेबाट सकभर टाढा रहनुपर्छ । नजिक बस्नुपरे पनि कम्तीमा दुई मिटरको दूरी कायम राखेर बस्न सकिन्छ ।
त्यस्तै, आफूलाई खोकी लागेको छ भने मास्क प्रयोग गर्न सकिन्छ । मास्क लगाएपछि अरुलाई सर्न पाउँदैन । मास्क नलगाएको अवस्थामा खोकी लाग्दा दुई हातले मुख छोपेर हाच्छिउँ गर्न सकिन्छ । यो भाइरस वृद्धवृद्धा तथा बालबालिकामा छिटो सर्ने भएकाले उनीहरुका अगाडि आफूले सकभर हाच्छिउँ नगर्ने र भीडभाडबाट टाढै बस्नु उपयुक्त हुन्छ । त्यस्तै, हरेक सामान प्रयोग गरेपछि साबुन पानीले कम्तीमा २० सेकेन्ड हात मिचीमची धुनुपर्छ ।

(Visited 220 times, 1 visits today)

आजको समाचार

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

साताका लोकप्रिय समाचार

कोरोनाले छुटायो तिब्बतको रोजगारी

बझाङ । चीनको सीमासँग जोडिएका नेपालका विभिन्न जिल्लाबाट बर्षातको समयमा सातु लिएर भोट जाने र सातु साटेर ऊन र नुन लिएर नेपाल फर्किने कुनै...

हानथापले समस्याः आउलान् असल मन्त्रीहरू ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गृहकार्य अन्तिम चरणमा पु¥याए पनि ‘गठबन्धन दलमा कसलाई मन्त्री बनाउने ?’ भन्ने विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन...

साताको शेयर बजार : ६७ अर्ब ७४ करोडको कारोबार

काठमाडौं । लगानीकर्ताको आत्मविश्वास भरिएका कारण धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकमसमेत दुवैमा वृद्धि भएको छ । शेयर...

कालो ढुसीको औषधि पाउनै मुस्किल

काठमाडौं । कोरोनाका बिरामीलाई संक्रमण गर्ने कालो ढुसी (म्युकोरर्माइकोसिस)का लागि प्रयोग हुने औषधि बजारमा पाइनै छाडेको छ । कालो ढुसी संक्रमणविरुद्ध प्रयोग हुने ‘इन्जेक्टेवल’...

महाकाली घटनामा भारतले क्षमायाचना गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा जयसिंह धामी नदीमा बेपत्ता...

ट्रेन्डिङ

सरकारलाई गगन थापाको प्रश्न : पश्चातापमात्रै गर्ने की प्रतिवाद गर्ने ?

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा सांसद गगनकुमार थापाले सिमानाका बारेमा सरकारले पश्चाताप मात्रै गर्ने की प्रतिवाद गर्ने भनेर प्रश्न गरेका छन । प्रतिनिधिसभाको बैठकमा...

जुडोको निर्वाचन स्थगित

काठमाडौं । नेपाल जुडो संघको निर्वाचन अनिश्चित कालका लागि स्थगित भएको छ । संघले बिहीबार एक विज्ञप्ति निकाल्दै कोरोना भाइरस (कोभिड–१९)को महामारीको कारण ६...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)