चुरे/ मकवानपुर । नेपाल सरकारका मुख्यसचिबको उपस्थितीमा सातवटै प्रदेशको प्रदेश सचिवहरुको समन्वय बैठक हेटौंडामा सुरु भएको छ । २६ मंसिरदेखि ३ दिनसम्म चल्ने बैठकमा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीको सभागीता रहेको छ ।
बागमती प्रदेशले आयोजना गरेका कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले देशको समृद्धिको लागि प्रदेशको समृद्धि आवश्यक भएको बताए । मुख्यमन्त्री पाण्डेले केन्द्रीय सरकारबाट कानुन निमार्णदेखि हरेका सवालमा प्रदेश सरकारलाई सहजिकरण हुनुपर्ने बताए । संघीयता कार्यान्वयनको सवालमा सबै प्रदेशहरुबीच समन्वय आवश्यक भएको पाण्डेले बताए ।
कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले केन्द्रले सरकारले विकेन्द्रीकरण गर्नुपर्ने क्षेत्रहरु विकेन्द्रीकरण तथा हस्तान्तरण गरिने प्रतिवद्धता व्यक्त गर्दै आवश्यक सहजिकरणमा केन्द्रले आफ्नो भूमिका सधैं निर्वाह गर्ने बताए । प्रदेशको काममा समेत केन्द्र सरकारले सेवा पु¥याउँने र प्रदेश सरकारले पनि सेवा प्रवाह र सुशासनमा ध्यान दिन निर्देशन दिए ।
समन्वय बैठकले प्रदेशहरुमा देखिएका विद्यामान समस्याहरुको विश्लेषण गरेर आगामी दिनमा संघीयताको सफल कार्यान्वयनलाई कसरी सशक्त बनाउने भन्ने मार्ग निर्देशन बनाउने बागमती प्रदेशको प्रमुख सचिव किरणराज शर्माले बताए । केन्द्र सरकारको समन्वय र सहकार्य भएमा प्रदेश सरकारलाई सेवा प्रवाह र सहजिकरणमा सहयोग मिल्ने प्रमुख सचिव शर्माले बताए ।






