भोलिबाट संसद अधिवेशन, आज सांसदको कोरोना परीक्षण गरिने

काठमाडौं । संघीय संसदको दुवै सदनको अधिवेशन मंगलबारबाट सुरु हुँदै छ । यही १६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २८ मंसिर मंगलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

मंगलबारबाट दुवै सदनको अधिवेशन सुरु हुने भएपछि सभापति अग्निप्रसाद सापकोटाले सोमबार बिहान ११ बजे बैठक स्थल लगायतको निरीक्षण गर्ने भएका छन् ।

संसद भवनको स्काई हलमा सभामुखसहित संघीय संसदआवद्ध सबैको कोभिड १९ को एन्टिजेन परीक्षण गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार संसदका सांसददेखि सुरक्षाकर्मीहरूसम्मको सोमबार अपरान्ह ३ बजेसम्म एन्टिजेन परीक्षण गरिनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 341 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
सिद्धार्थ नगरमा कांग्रेस र माओवादीबीच तालमेल सहमति