पर्यटन प्रवद्र्धनमा कर्मचारी सहभागितालाई ध्यान देऊ

आन्तरिक पर्यटन प्रवद्र्धनसँग जोडेर ल्याइएको कार्यक्रममा सरकारी कर्मचारीलाई १० दिनको तलब र बिदा दिएर स्वदेश भ्रमण गराउने सरकारको कार्यक्रम अर्थ मन्त्रालयमै अलपत्र परेपछि यस’bout कर्मचारीबीच गुनासो हुने गरिरहेको छ । यसलाई जति सक्यो छिटो कार्यान्वयनमा ल्याउन सके यसले कर्मचारी वृत्तमा निकै ठूलो प्रोत्साहन मिल्ने र त्यसको परिणामस्वरूप कर्मचारीको कार्यक्षमता र कार्यदक्षतामा अभिवृद्धि हुने पनि देखिएको छ । यसको कार्यान्वयन भनेको आफैंमा कर्मचारीले पाउने सेवा र सुविधाको कुरा मात्र नभएर देशको आन्तरिक पर्यटन प्रवद्र्धनका लागि एउटा ठूलो रणनीतिक महत्वको सोच र कार्यक्रमको कार्यान्वयन पनि हो । यसका बहुआयामिक पक्ष छन् । जसको कार्यान्वयनले नेपाल एउटा पर्यटन, प्रविधि, हँसमुख र सहकार्य उन्मुख देशमा परिणत हुने देखिएको छ । क्षेत्रका हिसाबले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले कार्यविधि तयार पारे पनि सम्बन्धित मन्त्रालयहरूले यसमा आपत्ति जनाउनुपर्ने कारण केही पनि छैनन् । तर, यसको स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाइएको भए तापनि फाइल अहिलेसम्म अघि बढ्न सकेको छैन । यो आफंैमा दुःखद कुरा हो ।

अर्थ मन्त्रालयबाट स्वीकृति पाउना साथ यसलाई कार्यान्वयनमा लैजानका लागि तयार भएर रहेको पर्यटन मन्त्रालय यसको व्यग्र प्रतीक्षामा रहेको छ । तर, अर्थ मन्त्रालयले पर्यटन काज बिदासम्बन्धी कार्यविधिमा अहिलेसम्म कुनै छलफल नभएको र त्यसका लागि सम्बन्धित सबै मन्त्रालयसँग राय सुझाव लिन बाँकी रहेको कुरा गरिरहेको छ । पर्यटन मन्त्रालयबाट कार्यविधि आए पनि त्यसलाई अर्थले अनर्थका रूपमा हेर्न नहुने कर्मचारी वृत्तमा चलिरहेको छ । समग्र निजामती कर्मचारीको कुरा जोडिएको हुनाले यस’bout विहंगम छलफल हुनुपर्नेमा अर्थ मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गर्दै आएको छ । अर्थ मन्त्रालय यस’boutमा नकारात्मक नभए पनि निर्णयमा ढिलाइ हुँदा के हुने हो भन्ने मनोभावले कर्मचारीमा खुल्दुली ल्याइदिएको छ । पर्यटन काज बिदाको मोडालिटीको विषय अस्वीकृत हुन नसक्ने खालको भए पनि यसमा छलफल र परिमार्जन भने हुन सक्ने सबैको साझा राय देखिन्छ । यस’bout होटल व्यवसायीको छाता संगठन हानले पनि समर्थन जनाएको छ । त्यसो त यो कार्यक्रमलाई सरकारले चालू आर्थिक वर्षको बजेट भाषणमै समावेश गरिसकेको पनि हो । यो आफंैमा आन्तरिक पर्यटन प्रवद्र्धनका साथै देशका नागरिकमा रहेको पुँजी परिचालनको नयाँ विधि र तरिका पनि हो ।

वर्षभरि आफ्नो व्यक्तिगत भ्रमण र अवलोकनका लागि कुनै पनि कार्यक्रम नबनाउने नेपालीहरूको व्यक्तिगत तथा पारिवारिक क्यालेन्डरमा यो सूचीको अनिवार्य प्रवेशले ठूलो उथलपुथल ल्याउने देखिन्छ । यसले कर्मचारीको पारिवारिक सद्भाव, माया र सहयोगका साथै सरकारी कार्यालयमा हुने गरेको मानसिक थकान र दबाब हल गर्न सहयोग पु¥याउने देखिन्छ । आन्तरिक पर्यटन भ्रमणका लागि काज बिदामा जाँदा आफ्ना साथीलाई पनि सँगै लैजान पाउने र परिवारको एक सदस्य पनि लैजान पाउने प्रावधान राखिएको छ । श्रीमान् सरकारी कर्मचारी भएको अवस्थामा श्रीमती लैजान पाउने र श्रीमती भएको अवस्थामा श्रीमान् लैजान पाउने प्रस्ताव गरिएको छ । काजमा जाँदा कर्मचारीले खाइपाइ आएको सेवासुविधामा कुनै पनि कटौती नगरिने प्रावधानले आन्तरिक पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पु¥याउनुका साथै कर्मचारीमा भ्रमणका लागि उत्साह ल्याउने देखिएको छ । त्यसैले पर्यटन प्रवद्र्धनमा कर्मचारीको सहभागितालाई यथेष्ठ ध्यान देऊ ।

तपाइको प्रतिक्रिया
(Visited 131 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार