वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगमा सफाइ पाएका छन् । उनकै रिपब्लिनक पार्टीको बहुमत रहेको सिनेटले उनलाई सफाइ दिएको हो ।
सिनेटमा भएको मतदानको परिणाम उनको पक्षमा आएपछि राष्ट्रपति पदबाट हट्नु नपर्ने भएको छ ।
ट्रम्पमाथि शक्तिको दुरूपयोग गरेको र कंग्रेसका कामकारबाहीमा बाधा पु¥याएको आरोप लागेको थियो । शक्तिको दुरुपयोग गरेको अभियोगमाथि भएको मतदानमा ट्रम्पको पक्षमा ५२ र विपक्षमा ४८ मत परेको थियो भने अमेरिकी संसद् कंग्रेसलाई अवरुद्ध तुल्याएको अभियोगमा उनको पक्षमा ५३ मत र विपक्षमा ४७ मत परेको थियो ।
विपक्षी डेमोक्रेटहरूले डिसेम्बरमा आफ्ना सम्भावित राष्ट्रपति पदका उम्मेद्वार जोए बाइडेनलाई बदनाम गर्ने उद्देश्यले युक्रेनलाई दबाब दिएको भन्दै ट्रम्पमाथि महाअभियोग लगाएका थिए । सफाइ पाएपछि उनी आगामी ३ नोभेम्बरमा महाभियोग सामना गरेर चुनावमा जाने पहिलो राष्ट्रपति बन्नेछन् । बुधवारको ऐतिहासिक मतदानमा सिनेटले युक्रेनसँगको ट्रम्पको लेनदेन र संवादका बिषयसँग जोडिएका अभियोगबाट छुटकारा दिएको हो ।
डेमोक्रेटहरूको बहुमत रहेको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले गत १८ डिसेम्बरमा महाभियोग पारित गरेको थियो । ट्रम्पले भने आफूमाथिको अभियोग अस्वीकार गर्दै आएका छन् ।
‘राष्ट्रपति ट्रम्प पूर्ण रूपबाट दोषमुक्त भएका छन् र यो अब अमेरिकी नागरिकको काममा फर्कने समय हो,’ ट्रम्पको चुनावी अभियानले भनेको छ, ‘केही नगर्ने डेमोक्रेटहरूलाई थाहा छ कि उनीहरूले ट्रम्पलाई उछिन्न सक्दैनन् त्यसैले उनीहरूले महाभियोग लगाएका थिए ।’ ट्रम्पमाथिको महाअभियोग पारित हुन सिनेटमा दुई तिहाई मत आवश्यक थियो ।
संसद्को तल्लो सदनकी डेमोक्रेटिक सभामुख न्यान्सी पेलोसीले ट्रम्प अझै अमेरिकी प्रजातन्त्रको लागि खतरा रहेको भन्दै सिनेटका रिपब्लिकनहरूले कानुनहीनतालाई सामान्यीकरण गरेको प्रतिक्रिया दिएकी छन् ।
सन् २०१२ मा रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदका उम्मेद्वार भइसकेका मिट रोमनीले मात्रै ट्रम्पमाथि लागेको शक्तिको दुरूपयोग अभियोगमा उनीविरूद्ध मत हालेका थिए ।
डेमोक्रेटहरूले आशा गरे बमोजिम दुईजना मध्यमार्गी रिपब्लिकनहरू सुसन कोलिन्स र लीसा मोर्वास्कीले ट्रम्पविरूद्ध मतदान गर्ने विश्वास गरिएपनि मत हालेनन् ।
कतिपय रिपब्लिकन सांसदहरूले ट्रम्पको व्यवहारको आलोचना गर्ने गरेका छन् । तर उनीहरुले त्यो महाभियोग नै लगाउने तहको नभएको बताउँदै आएका छन् । रिपब्लिकनहरूले आफ्नो पक्षमा उभिने अपेक्षा गरेका तीन डेमोक्रेटिक सांसदहरूले भने ट्रम्पविरूद्ध नै मतदान गरे ।
सिनेटमा डेमोक्रेटतर्फका नेता चक सुमरले रिपब्लिकनहरूले सुनुवाइका क्रममा साक्षी झिकाउन अस्वीकार गरेकोले सिनेटले दिएको सफाइलाई ‘मूल्यविहीन’ भएको टिप्पणी गरेका छन् ।
अमेरिकामा हालसम्म तीन जना राष्ट्रपतिले महाभियोगको सामना गरेका छन् । ट्रम्पभन्दाअघि सन् १८६८ मा राष्ट्रपति एन्ड्रिउ जोनसन र सन् १९९८ मा बिल क्लिन्टनविरुद्ध महाअभियोग लागेपनि सिनेटमा पुगेर असफल भएको थियो ।
सिनेटबाट ट्रम्पलाई महाअभियोगमा सफाइ, राष्ट्रपति पदबाट हट्नु नपर्ने
- Roshan Shrestha
- माघ २३, २०७६
- ८:५३ मध्यान्ह


Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्
भर्खरै
कुरी-कुरी

आजको १० समाचार
- महासचिवको पत्रले एमालेमा भाँडभैलो
- लुकेका ललिता निवासहरू
- इलाम–२ का गाउँ–गाउँमा नेताको दौडधुप
- इन्धनको भाउ घट्यो
- महिलाकाे शवसँग यौन सबन्ध राखेको आरोपमा अमेरिकामा…
- विद्यार्थी बनभोज हिडेको बस दुर्घटना
- ‘हामीलाई भत्ता दिनेको दर्शन पायौँ’
- कपिलवस्तुका रितिकलाई मानसा मेमोरिएल सर्वोत्कृष्ट पुरस्कार
- दुर्घटनामा एकै परिवारका ३ को मृत्यु
- किन पक्राउ गर्दै छ साउदीले गैरकानुनी कामदार ?