रंगकर्मी प्रचण्ड मल्लकाे निधन

काठमाडौं । वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको शुक्रबार निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका उनको शुक्रबार उपचारका क्रममा निधन भएको हो । अस्वस्थ भएपछि उनी सिभिल अस्पतालमा भर्ना भएर उपचार गराइरहेका थिए । 

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माका अनुसार उनकाे आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएकाे छ । मल्ल नेपाल प्रज्ञा प्रतिष्ठानको संस्थापक उपकुलपति पनि हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 331 times, 1 visits today)

epaper

ताजा समाचार

विश्वकप फुटबलः फ्रान्स र नर्वे अन्तिम १६ मा