बलात्कारका विषयमा ठट्टा गर्ने भारतीय सांसदलाई आफ्नै अभिव्यक्ति महंगो सावित

नयाँ दिल्ली । दक्षिणी भारतको कर्नाटकमा बलत्कारकाे सन्दर्भमा ठट्टा गर्ने एक सांसदले माफी मागेका छन् । ‘एउटा भनाई नै छ नि जहाँ बलात्कार अपरिहार्य बनेको छ, झुट बोल्नु र यसैमा रमाउनुहोस,’ कंग्रेस पार्टीको तर्फबाट कर्नाटकको विधान सभामा निर्वाचित सांसद आरके रमेश कुमारले केही दिनअघि विधान सभामा भनेका थिए । उनको अभिव्यक्तिपछि विधान सभाका सभामुख विश्वेश्वर कागेरी र अन्य सांसदसमेत हाँसेका थिए ।

विवादास्पद अभिव्यक्तिको चौतर्फी विरोधपछि रमेश कुमारले माफी माग्न बाध्य भएका हुन् । आफ्नो भनाईले कसैलाई चोट पुग्न गएमा खुला ह्दयदेखि क्षमा याचना गरेको उनले बताएका छन् । ‘महिलालाई अपमान गर्ने मेरो कुनै आशय थिएन । त्यस्तै, विधान सभाको गरिमा घटाउने वा बलात्कार’bout ठट्टा गर्ने कुनै नियत थिएन’, कुमारले भनेका छन् ।

सांसदहरुलाई काबुमा राख्न नसकेको र लाचारीपन देखाएको सभामुखमाथि आरोप लागिरहेका बेला कुमारको अभिव्यक्ति आएको थियो ।

कुमारको अभिव्यक्तिप्रति सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र कुमारकै कंग्रेस पार्टीका सांसदहरुले बिरोध गरेका थिए । उनका अभिव्यक्तिले महिलालाई अपमान गरेको भाजपाकी सांसद पूर्णिमा श्रीनिवासले बताएकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 417 times, 1 visits today)

epaper

ताजा समाचार

‘मिस्टर महानगर’को उपाधि सगेन्द्रलाई