भग्नावशेषबाट ६९ घण्टापछि जीवितै उद्धार

(200307) -- QUANZHOU, March 7, 2020 (Xinhua) -- Photo taken on March 7, 2020 shows rescue operations at the accident site of a hotel in Quanzhou, southeast China's Fujian Province. The Xinjia Hotel in Licheng District of the city of Quanzhou collapsed at around 7:15 p.m. According to a preliminary report, about 70 people were trapped. More than 700 rescue workers have been sent to the scene, and 38 people had been rescued as of 11:16 p.m. Sources with the municipal authorities said the hotel has been used to quarantine and observe people who had come from other provinces during the novel coronavirus prevention and control. (Str/Xinhua)

फुझाउ । शनिबार पूर्वी चीनको फुजियान प्रान्तमा एक होटलको भवन भत्किएपछि वेपत्ता १० जनामध्ये एकलाई ६९ घण्टापछि मंगलबार बिहान करिब साढे ४ बजे जीवितै उद्धार गरिएको चिनियाँ अधिकारीले बताएका छन् । भग्नावशेषमा पुरिएका नौ जनाको अवस्था अझै पनि अज्ञात रहेको छ ।

लिचिङ जिल्लाको क्वान्चाओ सहरमा रहेको सिन्चिआ होटेल भत्किएर वेपत्ता बाँकी व्यक्तिको पनि उद्धारकार्य जारी रहेको छ भने अहिलेसम्म ६२ जनालाई उद्धार गरिएको छ । सो घटनामा २० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । होटेल भत्किँदा कम्तीमा ७१ जना भग्नावशेषमा पुरिएका थिए । उद्धारकर्ताले हराइरहेका अन्य नौ व्यक्तिको खोजी कार्यलाई जारी राखेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 252 times, 1 visits today)

epaper

ताजा समाचार

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु