सामसङको ए ७१ र ग्यालेक्सी ए ५१ मोवाइल बजारमा

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले ए सिरिजअन्तर्गत हालै ग्यालेक्सी ए ७१ तथा ग्यालेक्सी ए ५१ मोबाइल बजारमा ल्याएको छ । ए सिरिजमा अर्थपूर्ण आविष्कारका रूपमा यी फोनलाई कम्पनीले लिएको छ । ग्यालेक्सी ए ७१ तथा ग्यालेक्सी ए ५१ मोबाइलमा विभिन्न विशेषता विद्यमान रहेका छन् । यसमा आजको व्यस्त जीवनमा अत्यावश्यक ज्यादा टिकाउ हुने ब्याट्री, मानव आँखाले जस्तो देखिन्छ त्यस्तै फोटो खिच्न सकिने क्यामरा तथा जीवन्त दृश्यावलोकनका लागि इनफिनिटी ओ डिस्प्ले रहेका छन् ।

ग्यालेक्सी एको पोर्टफोलियोमा ग्यालेक्सी ए ७१ तथा ग्यालेक्सी ए ५१ लाई समावेश गर्न पाउँदा उत्साहित भएको कम्पनीले जनाएको छ । विगत वर्षदेखि ग्यालेक्सी ए सिरिज मोबाइल आमप्रयोगकर्ता माझ लोकप्रिय बन्दै आइरहेको छ । बजारमा ल्याइएको दुई मोडलका मोबाइलमा प्रयोग भएको प्रविधिलाई प्रयोगकर्ताले मन पराउने सामसङ मोबाइल बिजिनेस हेड प्रणय रत्न स्थापितले बताए । आमग्राहकको चाहना चिटिक्क परेको, लामो समयसम्म टिकाउ हुने ब्याट्री तथा हरेक क्षणलाई कैद गर्न सकिने क्यामरा भएको डिभाइस भएको उनले बताए ।

उत्कृष्ट क्यामरा अनुभव

ग्यालेक्सी ए ७१ तथा ग्यालेक्सी ए ५१ मा जीवनका अविस्मरणीय क्षणलाई सहजै कैद गर्नका लागि उत्कृष्ट क्यामरा राखिएको छ । मेन क्यामरा, अल्ट्रा वाइड, माइक्रो तथा डेप्थ क्यामरा विशेष सुविधाका साथ यसमा रहेका छन् । क्यामरामा भएका विशेषताले गर्दा ग्यालेक्सी ए ७१ तथा ए ५१ मार्फत उत्कृष्ट एवं जीवन्त फोटो खिच्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

ग्यालेक्सी ए ७१ मा ६४ मेगा पिक्सल तथा ग्यालेक्सी ए ५१ मा ४८ मेगापिक्सलको क्यामरा राखिएको छ । यसैले, गर्दा यी मोबाइल फोनबाट दिनमा वा रातमा खिचिएका फोटो सफा एवं उत्कृष्ट आउनेछ । यसमा भएको अल्ट्रा वाइड क्यामरामा १ सय २३ डिग्रीको एङ्गल लेन्स राखिएको छ ।
जसले गर्दा मानव आँखाले जस्तो देख्दछ, त्यस्तै फोटो खिच्ने क्षमता प्रदान गर्दछ । यसमा भएको म्याक्रो क्यामराले कुनै पनि वस्तुको फोटोसहितको सबै विवरण खिच्न सकिनेछ ।

उच्च–गुणस्तरीय भिडियो रेकर्डिङ

सुपर स्डेडि भिडियो मोडले खिच्दा, हात हल्लिएको अवस्थामा पनि भिडियो नहल्लिएको आउँछ । दौडिँदा, हाइकिङमा वा घरपालुवा जनावरसँग खेल्दाको अवस्थमा सुपर स्टेडी भिडियोको सुविधाले गर्दा उत्कृष्ट भिडियो खिच्न सकिन्छ ।

अनइन्टरेप्टेड भिज्युअल डिस्प्ले

ग्यालेक्सी ए ७१ तथा ग्यालेक्सी ए ५१ मा सुपर अमलोड प्लस तथा सुपर अमोलेड प्लस डिस्प्ले रहेको छ । ६.७ इन्च तथा ६.५ इन्चको स्क्रिनले वास्तवमै जीवन्त अनुभूति प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ । सामसुङको हालसम्मकै ठूलो स्क्रिनमा आफूलाई मनपरेको भिडियो हेर्नु वा गेम खेल्नुको छुट्टै मज्जा मिल्नेछ ।

 

तपाइको प्रतिक्रिया
(Visited 284 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नवनिर्वाचितको कार्यकाल आजबाट सुरु