Friday, July 23, 2021
Homeविदेशचिनियाँ राष्ट्रपति सी कोरोना प्रभावित वुहान भ्रमणमा

चिनियाँ राष्ट्रपति सी कोरोना प्रभावित वुहान भ्रमणमा

,

वुहान ।  चिनियाँ राष्ट्रपति सी जिनपिङ कोरोना भाइरसको संक्रमणबाट अत्यधिक प्रभावित हुबेई प्रान्तको वुहान भ्रमणमा गएका छन् । चीनमा कोरोना भाइरसको संकट नियन्त्रणमा आउन थालेका संकेत देखिन थालेका बेला राष्ट्रपति सीले कोरोना भाइरसको प्रकोप सुरु भएको मध्य चिनियाँ सहर वुहानको भ्रमण गरेका हुन् ।

चीनको सरकारी सञ्चारमाध्यमले सीले हुबेई प्रान्तको वुहान नगरको एक अस्पताल भ्रमण गरेको जनाएको छ । त्यहाँ उनले स्वास्थ्यकर्मी र बिरामीसँग भिडिओमार्फत कुराकानी गरेको देखाइएको छ । चीनमा कोरोना भाइरसका थप १९ वटा मात्र नयाँ संक्रमण फेला परेको जनाइएको छ ।

अब हुबेईको चियानजियाङ नगरमा मानिसहरूमाथि लगाइएका प्रतिबन्ध फुकुवा गर्न लागिएको घोषणा गरिएको छ । त्यहाँ जाँच चौकी हटाइने र सार्वजनिक यातायात फेरि सुरु गर्न लागिएको छ । राष्ट्रपति सीले संकट सुरु भएपछि पहिलोपटक वुहानको भ्रमण गर्दै बेइजिङले कोरोना भाइरस संकटलाई नियन्त्रणमा लिन सफल भएको संकेत दिन खोजेका छन् ।

मुख्यभूमि चीनमा अहिलेसम्म ८० हजार भन्दा बढी मानिस कोरोना भाइरस संक्रमित भएका छन् भने तीन हजारभन्दा बढीको मृत्यु भएको छ । सञ्चारमाध्यमका अनुसार सी मंगलवार वुहान पुगेपछि त्यहाँको प्रकोप नियन्त्रणका कामको निरीक्षण गरेका हुन् । प्रकोप सुरु भएयता वुहान र हुबेई प्रान्तमा मानिसको आउजाउमा प्रतिबन्ध लगाइएको छ ।

उनले त्यहाँको एक समुदायलाई समेत भेटेको जनाइएको छ । ग्लोबल टाइम्स पत्रिकासँग कुरा गरेका विश्लेषकहरूले सीले ‘देश र समस्त विश्वलाई चीन प्रकोपको अध्यारो क्षणबाट बाहिर निस्कन सफल भएको बलियो संकेत दिएको’ बताएका छन् । राष्ट्रपति सीले दश दिनमा निर्माण पूरा भएको हुओशेशान अस्थायी अस्पतालको समेत भ्रमण गरेका छन् ।

सरकारी सञ्चार माध्यमहरूले चीनमा खोलिएका त्यस्ता अस्पतालमध्ये १४ वटा बन्द गरिएको पुष्टि गरेका छन् । रेन्मिन विश्वविद्यायका प्राध्यापक झाङ मिङले भने, ‘उनी अहिले त्यहाँ बाली भित्र्याउन गएका हुन् । उनी त्यहाँ पुग्नुको अर्थ के हो भने चिनियाँ कम्युनिस्ट पार्टीले अब छिट्टै भाइरसविरुद्धको लडाइँमा विजय हासिल भएको घोषणा गर्न सक्छ ।’
चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय महासचिवसमेत रहेका राष्ट्रपति सीले वुहान स्थानीय समुदायले भाइरस संक्रमण नियन्त्रणका लागि गरेका पहलहरूबारे जानकारी लिएका थिए । उनले स्थानीय र अग्रपंक्तिका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अन्य सरकारी कर्मचारी तथा स्वयंसेवक र संघसंस्थालाई प्रकोप नियन्त्रणका लागि गरेको पहलका लागि आभार व्यक्त गरे ।

उनले त्यहाँ अस्पतालको सञ्चालन, बिरामीको उपचार, चिकित्साकर्मीको संरक्षण र प्रत्याभूति, वैज्ञानिक अध्ययन आदि अवस्थाबारे जानकारी लिएर उपचाररत बिरामीप्रति सहानुभूति प्रकट गर्नुभएको थियो । राष्ट्रपति सीले कोभिड–१९ विरुद्धको काममा खटिइरहेका चिकित्साकर्मीलाई हौसला दिँदै सबैले दृढविश्वासका साथ भाइरस विरोधी लडाइँ जित्नुपर्ने पनि बताए ।

Loading comments...

आजको समाचार

सडकमै धान रोपाई गरेर विरोध

  सप्तरी, राजविराज । निर्माणाधीन हुलाकी सडकको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा सडकखण्डमा खाल्डाखुल्डी र हिलोले समस्या परेको भन्दै बिहीबार स्थानीयवासी र सवारीचालकले चक्काजाम र सडकमै धान...

आजदेखी अनलाइनबाटै ब्लुबुक नवीकरण गर्न पाइने

  काठमाडौं । बागमती प्रदेश सरकारले अनलाइनबाट ब्लुबुक नवीकरण गर्न सकिने व्यवस्था मिलाएको छ । आज देखी बागमती प्रदेश भित्र सवारी साधनको ब्लुबुक अनलाइन मार्फत...

गण्डकीमा ६ मन्त्री थपिए

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले मन्त्रिमण्डलर बिस्तार गर्दै ११ सदस्यीय मन्त्रिमण्डल बनाएको छ । मुख्यमन्त्री पोखरेलले नेपाली काँग्रेससहित माओवादी केन्द्रका...

शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्रासँग ७० पोर्न फिल्म

मुम्बई । बलिउड फिल्म निर्माता तथा अभिनेत्री शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्राको समूहले ठूलो मात्रामा पोर्न फिल्म बनाएर पोर्न फिल्मको व्यवसाय सञ्चालन गरेको प्रहरीले...

भोलीदेखी लामो दुरीका सार्वजनिक यातायात सञ्चालन हुने

  काठमाडौं । भोलिदेखि मध्यम र लामो दूरीको सार्वजनिक यातायात संचालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो पार्दै लामो...

साताका लोकप्रिय समाचार

निगमलाई कम्पनीमा लैजाने विवादमा समितिको चासो

काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने सम्बन्धमा उत्पन्न कर्मचारी विवाद र यसले निगमको काम ठप्प भएको सम्बन्धमा संसदीय समितिले...

राजनीतिक ध्रुव परिवर्तनको संकेत

देउवा सरकार गठन भएसँगै नेपालको राजनीतिमा धु्रव परिवर्तन भएको संकेत मिलेको छ । यसअघि वामपन्थीहरूको नेतृत्वमा रहेको ‘वामधु्रव’ अब देउवा सरकार निर्माणसँगै ‘प्रजातान्त्रिक धु्रव’मा...

सामाजिक विभेदले खुल्दैनन् लैंगिक अल्पसंख्यक

  धनगढी । सुदूरपश्चिम क्षेत्रमा ७ हजार बढी लैंगिक अल्पसंख्यक समुदायका मानिस रहेको तथ्यांक सार्वजनिक भएको छ । मितिनी नेपाल सुदूरपश्चिम प्रदेशका फोकल पर्सन राज...

भोलीदेखी लामो दुरीका सार्वजनिक यातायात सञ्चालन हुने

  काठमाडौं । भोलिदेखि मध्यम र लामो दूरीको सार्वजनिक यातायात संचालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो पार्दै लामो...

ट्रेन्डिङ

असार मसान्तसम्ममा पौने चार अर्ब लिटर अक्सिजन आवश्यक

काठमाडौं । सरकारले आगामी असार मसान्तसम्म झन्डै ४ अर्ब लिटर अक्सिजन खपत अनुमान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० हजार ३५...

जुलुसमा जाँदै हुनुहुन्छ ? सर्ला नि कोरोना

काठमाडौँ । पछिल्ला दिनमा राजधानी काठमाडौँलगायत देशका विभिन्न स्थानमा अनावश्यकरुपमा भइरहेको प्रदर्शनका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्न सक्ने देखिएको छ । स्वास्थ्य तथा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?