Friday, April 23, 2021
Home भर्खरै राप्रपा एकता आज

राप्रपा एकता आज

डेढ वर्षपछि महाधिवेशन, केन्द्रीय सदस्य अन्योल कायमै

,

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनी संयुक्त अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीबीच आज बुधबार एकता घोषणा हुँदै छ । एकता घोषणा १२ बजे राष्ट्रियसभा गृहमा गर्ने तयारी छ । गत शनिबार राति तीन अध्यक्षबीचको एकता आधारपत्र सहमतिपछि एकता टुंगो लागेको हो । सहमतिअनुसार एकतापछि राप्रपामा तीन अध्यक्ष रहने छन् ।

राप्रपा संयुक्त प्रवक्ता जनकराज पाठकले अध्यक्षत्रयबीचको शनिबार रातिको सहमतिअनुसार मंगलबार दुबै राप्रपाको अन्तिम केन्द्रीय समिति बैठकपछि एकता सहमति अनुमोदन गरिएको जानकारी दिए । एकतापछि ‘के कति संख्या केन्द्रीय समिति रहने ?’ भन्नेबारे मंगलबार रातिसम्म टुंगो लागेको छैन । तर, सहमति आधारपत्रअनुसार ‘क–कसलाई केन्द्रीय सदस्य बनाउने ?’ भन्ने जिम्मा तीन अध्यक्षबीच नै रहने छ ।

‘केन्द्रीय समितिको आकार कस्तो र कत्रो हुने ? अन्तिम टुंगो लागेको छैन, सहमती आधारपत्रअनुसार जिम्मेवारी तीन अध्यक्षलाई नै छ,’ प्रवक्ता पाठकले भने । आधारपत्रअनुसार हाल कायम तीनै दलका निर्वाचन चिह्न ६ महिनाका लागि स्थगन गरिएको छ । तर, झण्डा भने थापा नेतृत्वले प्रयोग गर्दै आएको राप्रपाकै राखिने भएको छ ।

यसैगरी, दुबै दलको विधान सामन्जस्य गरी एकीकृत नया“ विधान बनाउने सहमति बनेको छ । अहिलेका लागि भने राप्रपा विधानलाई अन्तरिम मानिएको छ । ६ महिनाभित्र विधान कमिटीले प्रस्ताव गर्ने छ । सहमतिअनुसार डेढ वर्षभित्र एकीकृत
महाधिवेशन गरिनेछ । २०४७ सालमा गठित राप्रपा यसबीच पटक–पटक फुट्दै र जुट्दै आएको छ । गणतन्त्रपछि समेत गणतान्त्रिक व्यवस्था स्विकार्न आनाकानी गर्दै आएका उनीहरू पछिल्लो समय राजसंस्थालाई नै अंगीकार गर्न तयार
भएका छन् ।

राजसंस्थासहित हिन्दू राष्ट्र पुनस्र्थापनालाई अहिले दुवै दलले मूल सिद्धान्त मान्दै आएका छन् । यही निकटतामा मत नमिलेका कारण उनीहरूबीच २६ साउन २०७५ मा पार्टी एकता तयारी भए पनि अन्तिम समय विफल भएको थियो । त्यसको केही समयपछि राणा र लोहनी नेतृत्वको राप्रपाबीच मात्रै एकता भएको थियो ।

यसअघि, एकतापछिको दलमा अध्यक्ष ‘कति जना रहने ?’ भन्नेमा मत नमिल्दा एकीकरण सम्भावना टर्न पुगेको थियो ।

(Visited 227 times, 1 visits today)
Loading comments...

आजको समाचार

कस्तुपको सिलौटोमा कुलेन्द्र, रामजी, ज्योति र प्रीति

काठमाडौं । कलेन्द्र बिक, रामजी खाँड, ज्योति मगर र प्रीति आले आफैंमा गायक गायिका हुन् । तर, यतिबेला लोकदोहोरीका यी चार हस्ती एउटा लोकदोहोरी...

नेपाली विद्यार्थीको भविष्यसित खेलबाड

उत्तरी छिमेकी चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५० भन्दा बढी नेपाली विद्यार्थी चिनियाँ सरकारको नेपालीप्रतिको भेदभावपूर्ण एवं दुराशययुक्त नीतिका कारण अन्धकारमय जीवनको सामना...

ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल...

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

काठमाडौं । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २...

एमाले बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण...

साताका लोकप्रिय समाचार

बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहा जिल्ला अस्पताल सिल

 लाहान । उपचाररत एक महिलामा कोरोना सङ्क्रमण देखिएपछि सिरहा जिल्ला अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा उपचारका लागि गत आइतबार भर्ना...

सभामुखविरुद्धको द्वन्दकालीन मुद्दा संवैधानिक इजलासमा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दाको पेसी सर्वोच्च अदालतको संवैधानिक इजलासमा चढेको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरू...

सडक सुधार्न ध्यान नदिएको भन्दै स्थानियले गरे बन्द

उदयपुर । जीर्ण अवस्थामा रहेको सिद्धिचरण लोकमार्गको स्तरोन्नतिमा सरोकारवाला निकायले ध्यान नदिएको भन्दै स्थानीयद्वारा अनिश्चितकालीन सडक बन्द गरेको छ । माथिल्लो सगरमाथालाई तराईसँग जोड्ने...

हावा हुरीले ढालेकाे रुखमा ठोक्किएर मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्रको सिमावर्ती बजारमा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ विद्यानगरका महेश बोहरा (राजु) को मृत्यु भएको छ...

अछाममा कोरोना सङ्क्रमितको मृत्यु

अछाम । अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरका ६५ वर्षीय एक पुरुषको कारोना भाइरसबाट आज बिहान मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका...

ट्रेन्डिङ

सात खेलअघि नै लिभरपुललाई उपाधि

लन्डन । लिभरपुलले इंग्लिस प्रीमियर लिगको उपाधि जितेको छ । लिगको सात खेल बाँकी छँदै उसले यो उपाधि चुमेको हो । चेल्सीले बिहीबार राति...

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

बैतडी । बैतडीमा आज जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप...

स्थानीय तहलाई २ अर्ब ३० करोड

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न देशभरका ७ सय ५३ वटा स्थानीय तहलाई २ अर्ब ३० करोड रुपैयाँ पठाउने निणय गरेको छ...

एसईई परीक्षामा बागलुङबाट ५ हजार विद्यार्थी सहभागी हुने

बागलुङ । माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई परीक्षामा बागलुङ जिल्लाबाट झन्डै पाँच हजार बढी परीक्षार्थी सहभागी हुने भएका छन् । आगामी चैत ६ गतेबाट...

बुटवलबाट १० जनाले कोरोना जितेर घर फर्किए

बुटवल । कोभिड–१९ को ‘इपिसेन्टर’ बनेको प्रदेश पाँचमा निको हुनेको संख्या पनि बढदै गएको छ । बाँकेको खजुरास्थित सुुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट शुक्रबार...

पोखरामा धमाधम सेनिटाइज टनेल

पोखरा । पोखरा महानगरपालिकाले पोखराको शान्तिवनस्थित कृषि बजार उपजमा स्वचालित सेनिटाइज टनेल जडान गरेको छ । कोरोना महामारीले विश्व नै आक्रान्त बनेको बेलामा पूरै...

पत्रकारको उपचारमा ५० प्रतिशत छुट

इटहरी । सुनसरी जिल्लाका पत्रकारहरुको नोबेल अस्पताल विराटनगरले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको छ । नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोबेल अस्पतालले ५०...

सार्वजनिक सेवा वितरणमा प्रभावकारिता ल्याऊ

संघीय शासन प्रणालीको मूल मर्म नै जनताको घरदैलोमा प्रत्यक्ष र प्रभावकारी सेवा प्रवाह गर्नु हो । यसो त यसअघिका सबै शासन प्रणाली सञ्चालन गर्ने...

धनकुटा नगरमा निषेधित क्षेत्र घोषणा

धनकुटा । धनकुटा नगरपालिकाका ६ वटा वडामा आज बिहीबार रातिदेखि लागु हुँने गरी एक साता निषेधित क्षेत्र घोषणा गरिने भएको छ । प्रमुख जिल्ला...

सप्तरीमा ७ संक्रमित थपिए, ७५ दिनमा संक्रमितको संख्या ७७ पुग्यो

सप्तरी, राजविराज । सप्तरीमा दिनहु कोरोना संक्रमित थपिने क्रम बढदो छ । पछिलो पटक शनिबार पनि ७ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको हो...

विचरा ! वीरे

‘हैन वीरे, के भो तँलाई आज ? निकै सोच्दैछस्,’ झोक्रिरहेको साथीतिर हेर्दै जुँगेले सोध्यो । उसको मनभित्र कुतुहल मच्चिरहेको छ । ठर्राको चोपमा उसका...

अख्तियारका आयुक्त जोशीको राजीनामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् । प्रमुख आयुक्त र दुई आयुक्त नियुक्त भएकै दिन जोशीले राजीनामा दिएका हुन्...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)