Thursday, August 5, 2021
Homeबिचारधर्मको आवरणभित्र अपराध

धर्मको आवरणभित्र अपराध

हामीले मान्दै आएको परम्परागत विश्वास एवं मान्यता धर्म हो । परम्परागत विश्वास र मान्यता पनि हरेक जाति र समुदाय विशेषका आआफ्नै हुन्छन् । यिनै परम्परा, विश्वास र मान्यतामा आधारित धर्म पनि भौगोलिक विविधताअनुसार फरक छन् । यस क्रममा कोही हिन्दू, कोही बौद्ध, क्रिस्चियन र कोही इस्लाम धर्मावलम्बी छन् । यी सबै धर्मको उत्पत्ति साम्प्रदायिक रीतिरिवाज सद्भावकै आधारमा भएको हो

,
sharethis

संविधानतः हाम्रो मुलुक धर्मनिरपेक्ष राज्य हो । यसैले कानुनी रूपमा यहाँ कुनै खास धर्मलाई मात्र विशेष मान्यता तथा संरक्षण नदिई सबै धर्मलाई समान ठानिन्छ । धर्मप्रतिको आस्था र विश्वास हाम्रो आशा, भरोसा र सन्तुष्टिको माध्यम बन्ने गरेकोले धर्मप्रतिको विश्वास अहिलेसम्म हामीबाट हटिसकेको छैन । पछिल्लो समयमा धार्मिक आस्थारहित व्यक्ति पनि समाजमा देखापर्दै आएका छन् । तर, धर्मप्रति विश्वास नगर्ने त्यस्तै व्यक्ति नै कुनै शुभकार्य गर्नुपर्दा, टाढाको यात्रामा निस्कँदा तथा महत्वपूर्ण पदीय जिम्मेदारी ग्रहण गर्दा सबैभन्दा पहिला साइत हेर्न पुग्छन् । साइत हेर्ने कुरा धर्मप्रतिकै आदर्श आस्था र विश्वास हो । साइतलाई मान्यता नदिने व्यक्ति हाम्रो समाजमा विरलै होलान् । धर्मले काम कर्तव्यप्रति एकाग्रता जगाउने मात्र होइन सामाजिक सद्भाव र मर्यादालाई मूर्तरूप प्रदान गराउँछ । नामको आधारमा धर्मको स्वरूप अनेक भए पनि अवलम्बनको संस्कार र पद्धति भने सबै धर्मको समान हुन्छ । धर्मले व्यक्तिको मानसिकतामा रहेको विकार हटाई स्वच्छ र कञ्चन बनाउने कार्य गर्छ । आत्मालाई पवित्र बनाई सद्कर्म गर्ने प्रेरणा जनाउँछ । धर्मको मुख्य विशेषता भनेकै यही हो ।

सम्मान र विश्वासको धरोहर मानिँदै आएको यही धर्म अहिले दुरुपयोग हुन थालेको छ । ज्ञान आर्जनको माध्यमबाट धर्म अर्थोपार्जनको माध्यम बन्दै छ । धर्म सेवाबाट प्रतिष्ठाको विषय बन्दै छ । धर्म अपराधलाई ढाकछोप गर्ने माध्यम हुँदै छ । धर्मको आवरणभित्रै अकल्पनीय संवेदनशील अपराध हुँदै आएका छन् । समुदायबीचकै भावनात्मक एकतालाई धर्मले समेट्नुको सट्टा विखण्डित गराउँदै छ । वास्तवमा यी सबै विकृति धर्म आफैंले निम्त्याएको होइन । धर्म अवलम्बन र पालन गर्ने नाममा हामीहरूले नै यस्ता विकृति निम्ताउँदै आएका हौं । योसुन्दा सबैको निम्ति सह्य नभए पनि हाम्रै व्यवहारमा देखिएको यथार्थता हो ।

हाम्रो समुदायका अग्रज पुर्खा धर्म उत्पतिकर्ता हुन् । जसले लामो समयसम्मको त्याग र तपस्याबाट उत्कृष्ट सामाजिक रीतिरिवाज र परम्परालाई विकसित गराउँदै ल्याए । यिनै तपस्वी पुर्खाको अर्ती उपदेशमूलक मन्त्र हाम्रा परम्परा बन्दै आए । ज्ञानवद्र्धक मन्त्रको उत्पन्नकर्ता हाम्रा पुर्खा आदर्श चरित्रवान हुन्थे । उनीहरूको उदार एवं उपकारी मानसिकता र उत्कृष्ट चरित्र समुदायकै प्रेरणा स्रोत मानिन्थ्यो । उनीहरू बस्ने वा तपस्या गर्ने स्थल पवित्र मन्दिर नै ठानिन्थ्यो । उनीहरू आदर्श आचरण र व्यवहारका धनी हुन्थ्यो । उनीहरूले पहिरने गेरु वस्त्र, खरानी धारण गरेको शरीर, आचरण र व्यवहार पवित्रताको प्रतीक मानिन्थ्यो । सबैलाई समान ठान्ने, कोही कसैलाई दुःख कष्ट नदिने, कसैको आत्मामा चोट नपु¥याउने र सबैको हित र कल्याण गर्ने हाम्रा तपस्वी पुर्खाको विशेषता नै हुन्थ्यो । उनै पुर्खाको भेषधारी दुष्चरित्रवान् व्यक्तिहरूले अहिले धर्मको नाममा अपराधिक कार्य गर्दै आएका छन् ।

पछिल्लो समयमा पुस्तकको स्वरूपमा निस्किएका उपदेशमुलुक मन्त्रको वाचन एवं श्रवण नै बिक्री हुन थालेको छ । किनकि त्यसलाई पुस्तकको आकारमा इच्छुक अनुयायी वा पाठकसम्म पु¥याउने क्रममा संकलनकर्ताको लाग्ने आर्थिक व्ययभार पुस्तक बिक्री गरी असुलउपर गर्ने कार्यलाई अन्यथा ठान्नु हुँदैन । तर, त्यही पुस्तकको ज्ञानवद्र्धक मन्त्र वाचनकर्ताले मन्त्रको मौखिक शब्दस्वरूपलाई अहिले बिक्री गरिरहेका छन् । यसको दृष्टान्तका लागि सञ्चालन हुँदै आएका यज्ञ, अनुष्ठान, महायज्ञ, पुराणलाई लिन सकिन्छ । सामाजिक कार्य गर्न भनी महायज्ञ लगाएर अर्थ संकलन गर्ने कार्यले पेसागत स्वरूप लिँदै छ । हरेक दिन कुनै न कुनै स्थानमा यस्ता यज्ञ महायज्ञ लगाएर रकम संकलन भएको समाचार प्रकाशित भइरहन्छन् । यज्ञ अनुष्ठान लगाएर संकलन गरिएको रकमको सदुपयोग भयो भएन ? भन्ने कुरा दाताको चासोको विषय पनि हुँदैन । तर, यज्ञ अनुष्ठानबाटै संकलित रकम नै कतिपय स्थानमा दुरुपयोग भइरहेको छ । यो धर्मको नाममा फैलिएको विकृति मात्र होइन अपराधिक प्रवृत्ति नै हो ।

कुनै सामाजिक कार्य गर्ने नाममा रकम संकलन गर्न आह्वान गर्दा सामान्यतया अधिकांशले चासो दिँदैनन् । यसको कारण सामाजिक योगदान र सेवा नपु¥याउने भन्ने होइन, उठेको रकम सदुपयोग हुँदैन भन्ने सन्त्रास नै हो । यस अवस्थामा सामाजिक मानसिकता पु¥याउनमा हाम्रो सामाजकै कतिपय अगुवा जिम्मेवार छन् । उनीहरूकै व्यवहार र कार्यशैलीले यस्तो अवस्था आएको हो । तर, रकम असुल गर्ने उद्देश्यले यज्ञ अनुष्ठान लगाइए दाताको प्रतिस्पर्धा नै हुने गरेको छ । यसको कारण पनि धार्मिक कार्यबाट संकलित रकम दुरुपयोग हुँदैन भन्ने मान्यता नै हो । धर्मप्रति स्वस्फूर्त रूपमा जागरुक रहने हाम्रो परम्परा अहिलेसम्म जीवन्त छ । समाज सेवामा समर्पित रहने अगुवाहरूको स्वार्थपूर्ण मानसिकताले पछिल्लो समयमा धर्मलाई पैसामा विनिमय गरिरहेको छ । यो धर्मको आवरणभित्रको अपराधिक कार्य हो । यज्ञ, महायज्ञका वाचक, रीतविक र स्वामीहरूको आचरण र व्यवहार पनि नाटकीय बन्दै आएको छ । तपस्वी पुर्खाकै भेषमा अहिलेका स्वामी महाराज अपराधिक कार्यतर्फ उन्मुख हुँदै आएका छन् ।

स्वामी महाराज, सन्त महाराज, ब्रम्हाचारी, तपस्वी आदि अनेक नामबाट चिनिने व्यक्तिहरूबाटै मानव बेचबिखत र ओसारपसार, ठगी, बलात्कार र हत्याजस्ता संवेदनशील अपराध हुँदै आएका छन् । जुन आश्चर्यजनक र अपत्यारिलो यथार्थ हो । वास्तवमा धर्मले मानिसलाई सदाचारा सिकाउँछ । मस्तिष्कलाई स्वच्छ र पवित्र बनाउँछ । दूषित मानसिकतालाई हटाइदिन्छ । आफ्नो मात्र होइन समष्टिगत मानव समुदायदेखि प्राणीजगत्सम्म नै अपनत्व एवं आत्मीयताको अभिवृद्धि गराउँछ । सबैलाई आदर सम्मान दर्साउने र निस्वार्थ सेवा भावनामा जागरुक गराउने भएकाले धर्म सबैको लागि उतिकै महŒवको विषय बन्दै आएको हो । गृहस्थी जीवन बिताउने क्रममा हामीले निश्चित सीमाभित्र रहनुपर्नेहुन्छ । सामाजिक संस्कार र हाम्रो रीतिरिवाज पालन गर्ने गराउने क्रममा हाम्रो आचरण र व्यवहार पनि सधैं समान हुन सक्दैन । व्यक्ति व्यक्तिबीच हुने अशोभनीय व्यवहार, आफ्नो र पराइ ठान्ने प्रवृत्ति र पारस्परिक सामाजिक प्रतिस्पर्धाले परस्परमा सन्त्रास र चिन्ता उत्पन्न गराउने व्यक्तिकै मानसिकतामा चोट पु-याउने, सबैलाई समान रूपले हेर्न नसकिने भएकैले हाम्रा पूर्वज ऋषि महर्षिहरूले गृहस्थ जीवन त्यागेर तपस्वी बन्न पुगेका थिए । तपस्वीकै भेषधारी साधु सन्त महन्तको संख्या अहिले पनि उल्लेख्य छ । तर, अहिलेका तपस्वी महात्माको मानसिकता अग्रज पुर्खाको जस्तो निश्कलंक र निर्मल छैन ।

स्वामी महाराजले आफ्नै भक्तलाई बलात्कार गरे भन्ने कुरा हामीले सुनेका छौं । तपस्वीले अनुयायीलाई नै बेपत्ता बनाए । कतिपय स्वामी महाराज आफ्नो कुकर्मबाट जोगिन भागी बेपत्ता भएका छन् । रोग निको बनाउने नाममा कतिपयले यौन शोषण गर्दै आएका छन् । कति धर्मको नामबाटै तस्करी र भ्रष्टाचारमा संलग्न रहँदै आएका छन् । प्राचीन ऋषि महर्षिहरूको गेरुबस्त्र स्वच्छ र पवित्रताको प्रतीक मानिन्थ्यो भने अहिलेका नकावधारी तवस्वीहरूको गेरु बस्त्र अपराध ढाकछोप गर्ने पर्दा बन्दै आएको छ । हुन त अहिलेका स्वामी महाराज सबैलाई समान दृष्टिकोणले हेरिए त्यो अन्याय हुन सक्छ । किनकि अल्पसंख्यक सन्तमहाराज अहिले पनि सबैको आस्था र विश्वासको धरोहर बन्दै आएका छन् भने अधिकांश त अपराधिक मानसिकताका छन् । अपराधिक मानसिकताका स्वामी महाराजहरू श्रद्धालु भक्त महिलाहरूकै वास्तविक स्वामी बन्न लालाहित देखिन्छन् भन्ने कुरा उनीहरूले गरेका क्रियाकलापबाटै पुष्टि हुँदै आएको छ । यस्ता कुकृत्यवान स्वामीलाई अझ पनि हामी आदरकै दृष्टिले हेर्छौं, उनीहरूलाई श्रद्धा गर्छाैं । यो हाम्रो धर्मप्रतिको अन्धभक्ति हो । यसबाट हाम्रो मानसिकता परिवर्तन गर्नु अत्यावश्यक छ ।

पहिलेका ऋषि महर्षि र अहिलेका नकाबधारी स्वामी महाराजबीच के भिन्नता छ ? र स्वच्छ एवं पवित्रताको प्रतीक ठानिँदै आएका प्राचीन महात्माकै चेला अपराधिक मानसिकतार्फ कसरी उन्मुख हुँदै आए भन्नेबारेमा पनि विस्तृत चर्चा गर्नु सान्दर्भिक हुन्छ । तपस्वी ऋषि महर्षिहरू पहिले गृहाश्रमदेखि टाढै रहन्थे । अर्ती उपदेशमूलक मन्त्र र ज्ञान अभिवृद्धिकै निम्ति एकाग्र चिन्तनले तपस्यामा लिन हुन्थे । लोभलालचमा पर्दैनथे, सम्पूर्ण चिजवस्तु र जीवात्मालाई मात्र होइन सिंगो प्रकृतिलाई नै उनीहरू आफ्नो ठान्थे । अरू कसैलाई बाधा अवरोध नपुगोस् भनेर एकान्त स्थलमा कुटी बनाएर तपस्या गर्थे । कन्दमुल वा प्राकृतिक वनस्पति नै उनीहरूको आहरा हुन्थ्यो । वनस्पतिजन्य चिजवस्तुको सेवनले हृष्टपुष्ट, निरोगी र दीर्घजीवी बन्थे । लोभलालच के हो उनीहरूलाई थाहा हुँदैन्थ्यो । प्राणी मात्रको दया र उपकार उनीहरूको कर्तव्य हुन्थ्यो । उनीहरूको लोभलालच र कपटरहित मानसिकता भक्त वा अनुयायी सबैका निम्ति प्रेरणाको स्रोत बन्थ्यो । भक्तहरूलाई श्रद्धा र सम्मान गर्ने परिपाटी उनीहरूमा थियो । इन्द्रियलाई नियन्त्रित गरेरै ध्यानमा मस्त रहन्थे । श्वासप्रश्वासका लागि नभई नहुने वायु, जीवनको हरेक पल आवश्यक पर्ने जल, आश्रयका लागि अत्यावश्यक मानिने भूमि, तापका लागि नभई नहुने अग्नि र सूर्यसमेतलाई ऋषि महर्षिहरू प्राकृतिक देवताका रूपमा पूजा गर्थे । प्राकृतिक देवताको पूजा र सदभक्तिले तपस्वीको आत्मा अझ निर्मल र पवित्र बन्दै ज्ञान प्राप्तिका निम्ति अभिप्रेरित हुँदै जान्थ्यो । यसरी कठोर तपस्याबाट आर्जित ज्ञान उनीहरूले श्रद्धालु भक्तहरूको मानसपटलमा राखिदिन्थे । यसबाट प्रभावित भक्तहरूका निम्ति गुरु महात्मा आस्था र विश्वासको केन्द्रबिन्दु बन्थे ।

तर, अहिलेका नकावधारी महात्मा गृहाश्रमदेखि टाढा जान रुचाउँदैनन् । अर्ती उपदेशमूलक मन्त्र र ज्ञान आर्जनका लागि कठोर तपस्यामा लिन हुन उनीहरूले जानेका छैनन् । उनीहरूको लोभलालची मानसिकताले सीमा नाघेकोले अर्काको सरसामान र धनसम्पत्तिप्रति नै उनीहरू गिद्देदृष्टि लगाउने मात्र होइन चोर्न पछि पर्दैनन् । प्राणीजगत् र प्राकृतिलाई मात्र होइन आफूलाई जन्मदिने बाबुआमा र परिवारका निकटतम अन्य सदस्यलाई नै उनीहरू पराइ ठान्न थाले । त्याग तपस्याको निम्ति एकान्तवास र कुटी के हो अहिलेका नकावधारी स्वामीलाई थाहा छैन । अहिलेका स्वामी महाराजहरू गृहस्थदेखि टाढा होइन सधैं साथै रहन रुचाउँछन् । कन्दमुल र प्राकृतिक वनस्पति होइन अहिलेका नकावधारी स्वामी महाराज मासु मांस र मदिरापान एवं कुलतमै रमाउने गर्छन् । आधुनिक परिकार सेवन गर्दा दीर्घरोगी बनी अल्पायुमै मृत्युवरण गर्न पुग्छन् । अहिलेका महाराजहरूमा लोभलालच, आफ्नो पराइको भावनाले सीमा नाघेको छ । अर्काको चित्त दुखाएर वा अर्कोलाई दुःख कष्ट दिलाएरै पनि अहिलेका महात्मा आफ्नो इच्छा पूरा गर्न पछि पर्दैनन् । अहिलेका महात्मामा दया र उपकारको भावना लोपोन्मुख अवस्थामा पुगेको छ । उनीहरूको लालची र कपटपूर्ण व्यवहार अहिले घृणामा परिणत भइसकेको छ । भक्तहरूलाई श्रद्धा र सम्मान होइन अहिलेका ब्रह्मचारी महाराजहरू भोगविलासिताको वस्तुका रूपमा लिने गर्छन् । अहिलेका नकावधारी ब्रह्मचारी महाराजहरू इन्द्रिय नियन्त्रित गर्न नसकेकै कारण घृणित बन्दै गएका छन् ।

यसैगरी अहिलेका नकावधारी, ब्रह्मचारी स्वामी महाराजहरू ज्ञान आर्जनका लागि होइन अपराधजन्य कुकर्म ढाकछोप गर्न गेरु बस्त्र लगाउँछन् तर उनीहरूको मानसिकताबाट अपराधिक प्रवृत्तिकै अन्त्य भएको हुँदैन । आधुनिक महाराजबाटै परम्परागत धर्मिक मान्यता उपहास हुँदै आएका छन्, अनुयायीहरूलाई धार्मिक ज्ञान प्रदान गराउने क्षमता उनीहरूमा छैन । अहिलेका स्वामीहरू भोगविलास, सुखसयल र सखी सम्पन्न जीवन यापनकै निम्ति ब्रह्मचारी बन्न पुगेका छन् । कठोर तपस्या गरेर ज्ञान आर्जन गर्नुको सट्टा गृहस्थ जीवनकै प्रेरणाबाट प्राप्त ज्ञान र सदाचारलाई नै पालन गर्न नसकी अपराधिक कार्यतर्फ उन्मुख हुँदै आएका छन् ।

प्राचीन कालका सम्मानित ऋषिमहर्षि र अहिलेका नकाबधारी स्वामी महाराजहरूमा पाइने उपरोक्त भिन्नताले नै उनीहरूलाई दुई ध्रुवमा विभाजित गराएको हो । धर्मप्रति आस्थावान् व्यक्तिले स्वामी महाराजको सामिप्यमा जानुअगावै उनी कुन वर्गका महात्मा हुन भन्ने कुरा बुझ्न सक्नुपर्छ । उनी कस्तो आचरणका व्यक्ति हुन भन्ने कुरा विगतको उनकै पृष्ठभूमि अध्ययन गरी यकिन गर्नुपर्छ । विभिन्न कोणबाट मूल्यांकन गर्दा आदर्श, चरित्रवान् एवं ज्ञानकै स्रोत मानिने साँचिकै महात्मा ठहरिए मात्र उनीसँग नजिकिनु अनुयायीका निम्ति लाभप्रद हुन्छ । अनुयायी मात्र होइन समाजको सम्बद्ध सबै पक्षले समेत यसतर्फ सजग बन्ने हो भने नकावधारी स्वामीको अपराधिक कार्यबाट कसैले पनि पीडित बन्नुपर्ने अवस्था आउँदैन ।

(Visited 212 times, 1 visits today)

आजको समाचार

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

साताका लोकप्रिय समाचार

सहकारी बैंकको चेक क्लीयरिङ्ग नहुने नियम खारेज गर्छु : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सकारी बैंकका चेक क्लीयरिङ्ग नहुने समस्या अन्त्य हुने घोषणा गरेका छन् । राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिकोत्सवको अवसरमा मंगलबार...

दार्चुला घटना : भारतीय पक्षद्वारा एसएसबीको संलग्नता अस्वीकार

  धनगढी । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा शुक्रबार तुइनबाट खसेर नेपाली युवक जयसिंह धामी बेपत्ता भएको विषयमा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ...

भुक्तानी नपाएपछि सर्लाहीका उखु किसान पुनः आन्दोलनको तयारीमा

काठमाडौं । सर्लाहीका उखु उत्पादक किसानले उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलन गर्ने चेतावनी दिएका छन् । आफूहरुले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

माधव समूह आन्तरिक छलफलमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओली पार्टी एकता प्रभावित पार्ने...

ट्रेन्डिङ

बारा र पर्सामा कर्फ्यु

काठमाडौं । संक्रमितको संख्या तीव्ररुपमा बढ्दै गएपछि मंगलबार साँझदेखि प्रदेश २ का बारा र पर्सा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । मंगलबार साँझ बसेको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)