कोरोनाविरुद्धको खोप लगाएर घर हिँडेका व्यक्तिको बाटोमै मृत्यु

सांकेतिक तस्वीर

धनगढी। कैलालीमा कोरोनाविरुद्धको खोप लगाएर घर हिँडेका एक पुरुषको बाटोमै मृत्यु भएको छ ।

जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ४ का ५३ वर्षीय पुरुषको मृत्यु भएको हो । उनले आइतबार कैलाली गाउँपालिकाकै वडा स्वास्थ्य कार्यालयमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका थिए ।

खोप लगाएको आधा घण्टामै ति पुरुषको मृत्यु भएको सोही वडा कार्यालयका आधारभूत स्वास्थ्य प्रमुख रमेश रोकायाले बताए । मृतकले पहिलो खोप गत मंसिर १३ गते लगाएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 344 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´