आज प्रदेश १, बागमती र गण्डकीमा वर्षाकाे सम्भावना, हिमपात पनि हुने

काठमाडाैं । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव छ । बिहान पहाडी भूभागमा आंशिक बदली र तराईमा हुस्सु छ ।

दिउँसो प्रदेश १, बागमती तथा गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

 प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको आँकलन छ ।

शुक्रबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ ।

तपाइको प्रतिक्रिया
(Visited 392 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देशकै पहिलो निर्वाचित गाउँपालिका अध्यक्ष घलेको के छ योजना ?