काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले एमसीसी विरुद्ध देश भरि प्रदर्शन गरि रहेको छ। युवा संघ नेपाल मातहतको विभिन्न बिभागहरु, प्रदेश कमिटीहरु र जिल्ला कमिटीहरुको आयोजनामा संघर्षका कार्यक्रमहरु भइ रहेको छ।
सांसदमा एमसीसी टेबल गरेको र पास गर्ने षड्यन्त्र देखीएको हुदा देशभक्त प्रगतिशील युवाहरुले आन्दोलन गरिरहेको र भोलि ११ गते, २:०० बजे नयाँ बानेश्वरमा साङ्केतिक जुलुस स्वरुप “सडक दोहोरी” गर्ने युवा संघको सस्कृती तथा समाबेशि बिभागको आयोजनामा हुने बिभाग प्रमुख बबिता पाण्डेले बताइन ।
युवा संघ नेपालले एमसीसी विरुद्ध देश व्यापी आन्दोलन गरि रहेको साथै एमसीसी दान नभई ऋण रहेको, प्रायः विदेश सहयोग नेपाली जनताको हित विपरीत रहेको बताउदै एमसीसी नेपालको कानुन र संबिधान भन्दा माथि हुनेगरी सम्झैता हुनलाग्दा आफुहरु चुप लागेर बस्न नसक्ने संघका संघका सचिव तथा कार्यलय प्रमुख नरेश गिरिले बताए ।
कार्यक्रममा प्रस्तुति दिने राष्ट्रिय कलाकारहरु नवीन पौडेल, सन्जय दिम्पल, निशा खड्का,कृष्ण आसु, मुना सिक्देल लगायत छन् ।






