निर्देशक प्रदीप र गायिका मेलिना वर्ष व्यक्ति

काठमाडौं । फिल्मी क्षेत्रका वर्ष व्यक्तिका रूपमा यसपटक पुरुषतर्फ जात्रा, शत्रुगते र जात्रैजात्रासहित तीन हिट फिल्मका निर्देशक प्रदीप भट्टराई र गायिका मेलिना राई वर्ष व्यक्ति चयन भएका छन् । छायाछवि क्रियसनले फिल्मीखबर साप्ताहिकको ११औं वार्षिकोत्सवका अवसरमा बिहीबार यी दुईलाई वर्ष व्यक्ति घोषणा गरेको हो । यी दुवैलाई वर्ष व्यक्ति पुरस्कारबाट सम्मानित गरिने भएको छ ।

‘थुप्रै टेलिचलचित्रमा कार्यगत अनुभव बटुली चलचित्रमा प्रवेश गरेका प्रदीप भट्टराईलाई क्रमशः जात्रा, शत्रुगते एवं जात्रैजात्राको ह्याट्रिक सफलतासँगै यस वर्ष सफल चलचित्र जात्रैजात्राका आधारमा चयन गरिएको हो । भट्टराई यतिखेर चर्चित टेलिभिजन रियालिटी सोमा निर्णायक रहेका उनी जात्रा सिरिजको नयाँ चलचित्र लेखन कार्यमा छन्,’ छायाछवि क्रियसनका अध्यक्ष शान्तिप्रियले भने ।

उनका अनुसार पाश्र्व गायन यात्राको पहिलो गीत चलचित्र नाई नभन्न ल २ को कम्मरमाथि पटुकी…बाट देखि हालसम्म निरन्तर सैयौं सफल गीत दिएका कारण मेलिना राईलाई यस वर्षको महिलातर्फको वर्ष व्यक्तिमा चयन गरिएको हो । चलचित्र गीत, आधुनिक एवं लोकगीत जताततै उनको व्यस्तता, सफलता, लोकप्रियतालाई आधार मानिएको पनि शान्तिप्रियले बताए । वरिष्ठ रंग पत्रकार सविन शाक्यको स्मृतिमा स्थापना गरिएको फिल्मी खबर सविन स्मृति रंग पत्रकारिता पुरस्कार यस वर्ष रंग पत्रकार सुमन वैरागीलाई प्रदान गरिने भएको छ । उनी विगत डेढ दशकभन्दा लामो समयदेखि पत्रकारितामा छन् ।

कोरोना प्रकोपका कारण केही दिनपछि कार्यक्रम गरी सबैलाई पुरस्कृत गरिने भएको छ । शान्तिप्रियका अनुसार वर्ष व्यक्तिका लागि ट्रफी, प्रमाणपत्रसहित पुरस्कार र सुमनलाई रंग ११ हजार रुपैयाँसहित पत्रकारिता पुरस्कार प्रदान गरिनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 251 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग