काठमाडौं । कोरोना महामारीमा सुस्ताएको नेपाली संगीत बजारको चहलपहल बढाउन ‘अपटाउन म्यूजिक फेस्टिभल’ हुने भएको छ । यो फेस्टिबल यही शुक्रबार शुक्रबार ललितपुरको झम्सिखेलमा हुने आयोजक पक्षले जनाएको छ । यो फेस्टिबलको तयारी पुरा भएको आयोजक पक्षले जनाएको छ ।
आयोजकका अनुसार फेस्टिबलमा तीन भिन्न देशका करिब २६ कलाकारले सहभागिता जनाएका छन् । फेस्टिभलको शुभारम्भ गायक दीपक बज्राचार्यले गर्नेछन् । यो महोत्सवमा दर्शकलाई प्रवेश निःशुल्क गरिएको छ ।
यो फेस्टिभलमा दीपक बज्राचार्यसँगै, सबिन राई एण्ड द फरोह, नवीन के भट्टराई एण्ड अतृप्त, कालीप्रसाद बासकोटा, आर्को मुखर्जी कलेक्टिभ र रविन एण्ड द न्यू रिभोल्युसनले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्ने आयोजक संस्था अपटाउनले मँगलबार पत्रकार भेटघाटका क्रममा जानकारी गराएको छ ।
यसबाहेक हरी महर्जन प्रोजेक्ट, बिजेन, बलेन, द ब्रिज, द इलिमेन्ट्स, कान्ता डब डब र रचना दाहाल, आरोन, डेञ्जोङ, मोनिका, रेसेस र मनिकको प्रस्तुति पनि यो फेस्टिबलमा रहने छ । यस्तै फेस्टिबलमा रिदिम सङ्स, एलएसडी, ट्राई टोन, द सोल नेपाल, कंक्रिट जंगल, द हाइ सिक्स एण्ड बी फ्ल्याट र अडियो स्क्वाडले पनि आफ्नो प्रस्तुति दिनेछन् ।






