पेट भित्रबाट डक्टरले निकाले पेटीको ‘बक्कल’ र सिक्री


विराटनगर । विराटनगरको कञ्चनवारीस्थित नोबेल शिक्षण अस्पतालमा एक युवाको पेट भित्रबाट पेटीको ‘बक्कल’ र सिक्री निकालिएको छ । अस्पतालका चिकित्सकले भोजपुर नगरपालिका–१२ टक्सारका २१ बर्षीय निकेश श्रेष्ठको पेटबाट कम्मरमा बाध्ने पेटीको बक्कल र घाँटीमा लगाउँने फलामको सिक्री निकालेका हुन् ।

परिवार स्रोतका अनुसार ती युवाले आत्महत्या प्रयास गर्ने क्रममा आफैले कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको सिक्री निलेका थिए । घटनापछि उनलाई उपचारका लागि नोबेल अस्पताल लगिएको थियो । अस्पतालमा विना चिरफार इण्डोस्कोपिक विधिमार्फत पेटमा पुगेको बक्कल मुखबाट तानेर निकालिएको नोबेलका बिशेषज्ञ शल्यचिकित्सक डा.ध्रुव नारायण शाहले बताए । ‘हामीले परीक्षण गर्दा पेटको खाना नलीमा बक्कल अड्किएको देखियो, सिक्री आमाशयमा थियो ।’ डा.शाहले भने, ‘मुखबाट इण्डोस्कोप छिराएर मुखबाटै बक्कल निकाल्यौं, सिक्री चै दिसाबाट निस्कियो ।’

पेटको शल्यक्रिया तथा क्यान्सर सम्बन्धि चिकित्सक डा.शाह, डा.मोहन खड्कासहितको टोलीले वक्कल निकालेर विरामीलाई जोखिममुक्त बनाएको हो । चिकित्सकहरुका अनुसार ती युवामा मानसिक समस्या देखिएको थियो । उनले ‘मर्छु भन्दै’ बक्कल र सिक्री निलेको उनकी आमा इन्दिराले बताइन् । उनले भनिन्, ‘छोराले यस्तो सामान निल्दा अब बाँच्ने हो कि हैन भन्ने पीर परेको थियो, तर धन्न सजिलै निस्कियो र छोराको ज्यान जोगियो ।’

पेटबाट बक्कल र सिक्री निकालिएपछि अहिले निकेशको स्वास्थ्य अवस्था सामान्य छ । स्वास्थ्य अवस्था सामान्य बनेपछि उनलाई डिस्चार्ज गरेर घर पठाइएको नोबेल अस्पतालले जनाएको छ । यसअघि गत जेठ महिनामा नोबेल अस्पतालमा मोरङको मिक्लाजुङ–४ टाँडीका ३५ बर्षीय गंगा मगरको पेट चिरेर ब्रस निकालिएको थियो । दाँत माझ्ने क्रममा जिब्रो सफा गर्दै गर्दा मुखबाट ब्रस छिरेपछि नोबेलका चिकित्सकले मगरको पेट चिरेर ब्रस निकालेका थिए ।

अस्वभाविक सामान निल्दा ज्यान जोखिममा पर्ने भएपनि चाडै निकाल्न सकिएमा विरामीको ज्यान बचाउँन सकिने नोबेल अस्पतालका शल्यचिकित्सक डा.अमित भट्टराई बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 372 times, 1 visits today)

epaper

ताजा समाचार

क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क