चिचिफुलीलाई नागरिकता

शारीरिक तथा मानसिक रूपमा अपांगता भएकी ललितपुर बाग्मती गाउँपालिका–५ इकुडोलकी चिचिफुली थिङलाई नागरिकता प्रदान गरिएको छ । यसको सहजीकरण जिल्ला प्रशासन कार्यालयले गरेको हो ।

२७ कात्तिक २०७८ शनिबार राजधानी दैनिकले ‘जब मुस्कुराइन्, चिचिफुली’ शीर्षकमा पहिलो पृष्ठको मुख्य समाचार बनाएको थियो । त्यतिबेला इकुडोल खानीडाँडा ‘झुपडी घर’छेवै उनी ‘अर्धनग्न’ अवस्थामा थुरथुर काम्दै कक्रक्क परेर बसिरहेको भेटिएकी थिइन् । अहिले पनि उनी एकोहोरो टोलाइरहने गर्छिन् । कानुनी रूपमा यो देशको नागरिक भइसकेकी उनलाई अब उपचार खाँचो छ ।

चिचिफुलीको परिवारमा कोही पनि प्रस्ट बोल्न सक्दैनन् । जेठी श्रीमतिको निधनपछि कान्छी (चिचिफुलीकी आमा) भित्र्याएका ६३ वर्षीय पिता आइतराम थिङको ‘लवज’समेत बुझ्न गाह्रै हुन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 341 times, 1 visits today)

epaper

ताजा समाचार

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो