चौसठ्ठीमा जसरी नै माआवादीलाई जनताले जिताउँछन् : प्रचण्ड

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अरुको बैशाखी टेकेर चुनावमा नजाने प्रष्ट पारेका छन् ।
प्रेस सेन्टर गण्डकी प्रदेशले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले एक महिनाभित्र अन्य दल चुनावी तालमेलका लागि आउने दाबी गरे ।

‘चौसठ्ठीको चुनावमा माओवादीले कहीं जित्दैन भन्थे । तर प्रत्यक्षतर्फ बहुमत ल्याइछाड्यो,’ उनले भने, ‘सत्तरीको चुनावमा पनि माओवादीको राम्रै उपस्थिति थियो । जनताले परिवर्तनको बाहक माओवादी हो भन्ने बुझेका छन्, चौसठ्ठी जसरी नै माआवादीलाई जिताउँछन् ।’

उनले अगाडि भने, ‘देशैभरी एकचोटी फेरि हेर्नुपर्ने र दिनुपर्ने माओवादीलाई नै रहेछ भन्ने जनमत बन्दै गएको छ । हेर्नुहोला, एक महिनाभित्र अरु सबै पार्टीहरु माओवादीसँग तालमेल गर्न आउनुपर्छ, हामी जाने होइन ।’

आगामी निर्वाचनमा चुनावी गठबन्धन’bout पत्रकारको जिज्ञासामा उनले अहिलेको सत्ता गठबन्धनको विकल्प नसोचेको बताए । तर धेरै भर पर्ने अवस्था कांग्रेसमा रहेको जनाए । उनले कांग्रेसका उपसभापति धनराज गुरुङको अभिव्यक्तिप्रति कडा रुपमा खण्डन गर्दै भने, ‘‘एकजना गुरुङ छन् नि हात्तीको कानमा चमेरा कि के भनेका छन्, यस्तै भाषा के, बडो सुन्नै गाह्रो । तिनलाई भनेको हो, त्यस्तालाई भनेको हो । त्यसै गर्छन् भने त हामीले विकल्प खोज्नुपर्ने बाध्यता आउँछ तर अहिले हामीले त्यता सोचेका छैनौं । अहिले यो गठबन्धनलाई नै लिएर जाने हो ।’

देश ठूलो राजनीतिक दुर्घटनामा पर्ने हो कि भन्ने शंका रहेको उनको दाबी छ । उनले भने, ‘गठबन्धन पनि टुट्ने अर्को समीकरण पनि बन्ने । समग्रमा शान्ति प्रक्रियामा समस्या पर्ने हो कि भन्ने संकेत देखा परेका छन् ।’ त्यसैले अहिले एक भएर निर्वाचनमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो । पत्रकारलाई पनि स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सहयोग गर्न अपील गरे ।

एमसिसीको ’boutमा एमालेको धारणा’bout टिप्पणी गर्दै प्रचण्डले भने ‘उहाँहरुले आफ्नो पोजिसन क्लीयर गर्नुभएन । तर उहाँको यसमा समर्थन थियो । यसमा (एमसिसी) मा अझै पनि छलफल गर्नुपर्छ भन्ने मत छ । निर्णय त गइसकेको तर कार्यान्वयन बाँकी छ ।’

तपाइको प्रतिक्रिया
(Visited 365 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाजुरामा एसका सचिवलाई चक्कु प्रहार गर्ने काँग्रेसका २ कार्यकर्ता प्रक्राउ