केजीएफ २ ले आफुलाई माथि उठाउने सञ्जयको विश्वास

मुम्बई । बलिउड अभिनेता सञ्जय दत्तले आफु क्यान्सरको उपचार गर्दा गर्दै नयाँ फिल्म केजीएफ च्याप्टर २ मा अभिनय गरेका थिए । कन्नड स्टार यशको प्रभावशाली फिल्म केजीएफ च्याप्टर २ मा सँजय दुत्त मुख्य भूमिकामा छन् । उनी यो फिल्ममा मुख्य खल चरित्रमा छन् ।

यस अघि जेल बसाई र त्यसपछि क्यान्सरका कारण राम्रो फिल्म दिन नसकेका सञ्जयले यो फिल्म दर्शकलाई निकै राम्रो हुने बताएका छन्,‘मेरो राम्रो फिल्म आउनु पर्छ भन्ने दर्शकहरुको लामो प्रतिक्षा रहेको छ । सो प्रतिक्षालाई फिल्म केजिएफ च्याप्टर २ ले पुरा गर्ने छ ।’ यो फिल्मको ट्रेलर रिलिजका क्रममा सँजयले भनेका छन् । फिल्मको ट्रेलर २७ मार्चमा रिलिज गरिएको छ । अहिले दर्शकले यो फिल्मका नायक यश र खल चरित्र सँजय दत्तको कामको प्रसँसा ट्रेलर हेरेर गरेका छन् ।

ट्रेलर रिलिज समारोहमा अभिनेत्री रविना टँडन देखि निर्माता निर्देशक करण जौहरले पनि सञ्जयको कामको खुलेर प्रसँसा गरेका छन् । कलाकारले आफुलाई जस्तो अबस्थामा पनि सक्षम रुपमा प्रस्तुत गर्न सक्छ भन्ने उदाहरण सञ्जय दत्त भएको करणले बताएका छन् । यो फिल्मबाट सञ्जयले आफ्नो पुरानो क्रेजलाई फेरी स्थापित गर्ने उनको विश्वास छ । यो फिल्म आगामी १ बैशाखबाट विश्वव्यापी रिलिज हुँदैछ ।

तपाइको प्रतिक्रिया
(Visited 408 times, 1 visits today)

epaper

ताजा समाचार

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान