मोटरसाइकल दुर्घटनामा वडासचिवको मृत्यु

सांकेतिक तस्वीर

इटहरी । सुनसरीको रामधुनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा वडासचिवको मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा रामधुनी नगरपालिका वडा नं. ६ मा कार्यरत वडासचिव ५३ वर्षीय नन्दकुमार श्रेष्ठ रहेका छन् ।

बुधबार बिहान करीब १०ः४० बजे वडा कार्यालय जाने क्रममा रामधुनी ६ आदर्श टोलस्थित भित्री सडकखण्डमा को २४ प ९४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा वडा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना’bout थप अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजमार्गमा पर्ने भवन भत्काउदैँ इटहरी उपमहानगरपालिका

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
तेस्राे स्थानमा रहेकी सिर्जना सिंह भन्छिन, जित्ने आश बाँकी नै छ