नेपाल प्रहरी शान्ति सुरक्षा कायम गर्न तल्लिन छ : डिआईजी कार्की


दोलखा । नेपाल प्रहरी देश र जनताको सेवामा सधैं समर्पित रहेको डिआईजी प्रकाश जंग कार्की बताएका छन् । पर्यटकीय क्षेत्र शैलुङको भैसेमा प्रदेश सरकार द्धारा निमार्ण सम्पन्न प्रहरी चौकीको उद्घाटन गर्दै डिआईजी कार्कीले सो धारणा राखेका हुन् ।

‘कानुन भन्दा कोही छैन माथि सुख दुखमा प्रहरी सधैं जनताको साथी’ भन्ने मार्ग निर्देशनलाई आत्मसाथ गरि नेपाल प्रहरीले काम गरिरहेको डिआईजी कार्कीले बताए ।

शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले आठ वटा वडा रहेको एउटा गाउँपालिकामा शान्ती सुरक्षाको लागी तिनवटा प्रहरी बिटले काम गर्नुपर्दा समन्वय गर्न गार्हो भएको धारणा राखे । इलाका प्रहरी कार्यालय मागापौवामा प्रहरी निरिक्षकको दरबन्दी स्थापित गरि पुरै गाउँपालिका मागापौवाले नै हेर्ने व्यवस्था मिलाइदिन बाग्मती प्रदेशका प्रहरी प्रमुख डिआईजी प्रकाश जंग कार्कीलाई अनुरोध गरे ।

देशकै प्रमुख गन्तव्यस्थल बन्ने सम्भावना बोकेक शैलुङ क्षेत्रको कालापानीमा प्रहरी चौकी राखी दिन समेत आग्रह गरे । दैनिक दुई तीनसय बढी आन्तरिक तथा बाह्य पर्यटक आउने हुदा पर्यटकको लागि पनि चौकी अपरिहार्य रहेको अध्यक्ष दुलालले बताए ।

प्रहरी चौकीको भवन निमार्णपछि शैलुङ क्षेत्रको सुरक्षाको लागि ढुक्क हुने अबस्था भएको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले बताए । महिला पुरुष छुटाछुटै राख्न सकिने कक्ष बनाएकोमा प्रजिअ खतिवडाले तारिफ गरे ।

भौतिक पूर्वाधार निमार्णले प्रहरी कर्मचारीको कार्य क्षमतामा सकारात्मक प्रभाव पार्ने दोलखाका प्रहरी प्रमुख डिएसपी गंगाप्रसाद पौड्याले प्रष्ट पारे । सुविधा सम्पन्न भवनको उपयोग गर्दै आगामी दिन प्रहरीले दिने सेवा प्रभावकारी हुने बताए ।

आफ्नो नेतृत्वमा रहेको दोलखा प्रहरी नगरिकमैत्रि रहेको दावी गर्दै डिएपी पौड्यालले भने ‘प्रहरीले गरेका हेरक कार्य सफल हुन नागरिको मन जितेको हुन पर्छ ।’ उद्घाटन समारोहमा जग्गा दान गर्ने ब्यक्ति,स्थानिय समाजसेवि,स्थानिय राजनितिक दलका प्रतिनिधिहरुलाई कदरपत्र प्रदान दिनुका साथै सम्मान गरिएको छ ।

२०७६ माघ ६ गते सम्झौता गरि भवन बनाउन सुरु गरे पनि कोभिड महामारीले २०७८ कार्तिक ७ गते नै सम्पन्न भएको बरिष्ठ प्रहरी नायव निरिक्षक लोकदर्शन देवकोटाले जानकारी दिए । भवन निमार्णका लागि २ करोड ९ लाख ४१ हजार १ सय ४२ रुपैया ६३ पैसा खर्च भएको बरिष्ठ प्रहरी नायव निरिक्षक देवकोटाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 537 times, 1 visits today)

epaper

ताजा समाचार

कान्ति लोकपथ अस्थायी रूपमा बन्द