बाग्लुङ काँग्रेसले ४ वर्षपछि पायो पदाधिकारी र विभाग

बाग्लुङ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति बागलुङले निर्वाचन भएको ४ वर्षपछि पूर्णता पाएको छ । काँग्रेस बागलुङका सभापति दीपेन्द्रबहादुर थापाले निर्वाचित भएको चार वर्षपछि पदाधिकारी र विभाग गठन गरेका हुन् । सभापतिले आफ्नो कार्यकाल सकेपछि थपिएको समयमा पदाधिकारी थप गगरेका हुन् । सभापति थापाले निसीखोलाका पुराना नेता तुलासिंह घर्तीमगरलाई उपसभापति, रेशका चित्रबहादुर कार्कीलाई सचिव र जैदीका सीताराम रसाइलीलाई सहसचिवमा मनोनयन गरेका छन् ।

शुक्रबार सभापति थापाले ती नामावली सार्वजनिक गरेका थिए । फागुन २५ गते र २९ गते बसेको कार्यदलको बैठकपछि यो टुङ्गोमा पुगेको बताइएको छ । सभापतिले २८ विभाग पनि गठन गरेका छन् ।

काँग्रेसको विधानअनुसार सभापतिले निर्वाचित भएको छ महिनाभित्र पदाधिकारी र विभाग गठन गर्नुपर्ने प्रावधान छ । सभापति थापाले अर्को पक्षको सहयोग नभएकाले गठनमा ढिलाइ भएको बताए । जिल्ला कार्यसमितिको गत साता बसेको बैठकले सभापति थापासहित पूर्वसभापति मणिभद्र शर्मा, प्रकश पौडेल, उपाध्याय, सचिव नवराज पौडेल, कोषाध्यक्ष उमेश गौतमसहितको कार्यदल गठन गरेको थियो । कार्यदलको दुई पटकको बैठकपछि यो नाम टुङ्गो लागेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 187 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेबाट काठमाडाैंकाे मेयरमा केशब स्थापित, उपमेयरमा सुनिता डंगाेल