निर्देशक परिवर्तन गर्दै अघि बढ्यो के घर के डेरा

काठमाडौं । दुई वर्ष अघि छायाँकनको तयारी भएर पनि रोकिएको नेपाली चलचित्र ‘के घर के डेरा’ अब छायाँकन हुने भएको छ । यो चलचित्रको निर्देशक परिवर्तन गरेर छायांकनको तयारी गरिएको हो ।

यस अघि यो चलचित्रको निर्देशकमा सुब्रतराज आचार्य थिए । तर अहिले उनलाई हटाएर यो फिल्मको निर्देशकमा दीपेन्द्र के खनाललाई अनुबन्धित गरिएको छ । निर्माण पक्षले सुब्रतको ठाउँमा दीपेन्द्रलाई राखिएको जानकारी गाउँदै अब बैशाखबाट छायाँकन सुरु हुने जनाएको छ ।

मंगलवार राजधानीमा एक कार्यक्रमका बीच फिल्ममा निर्देशकको रुपमा खनालको प्रवेश भएको जानकारी गराइयो के घर के डेरामा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झाको मुख्य भूमिका रहने निर्माण पक्षले जनाएको छ ।

दीर्घ गुरुङको छायाँकन रहने यो चलचित्रको कथा सिंगो लामाको हो भने पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ, किरण महर्जन, युवराज कार्की छन् ।

तपाइको प्रतिक्रिया
(Visited 260 times, 1 visits today)

epaper

ताजा समाचार

जे–जे भए, ‘इन्जुरी टाइम’ मै भए