आर्थिक अनियमितता भएको उपभोक्ताको आरोप

धनगढी । कैलालीको चुरे गाउ“पालिका–१ स्थित रहेको पार्वती सामुदायिक वन उपभोक्ता समूहमा व्यापक आर्थिक अनियमितता भएको उपभोक्ताले आरोप लगाएका छन् । वनभित्र काटिएका काठ, सडक विस्तार, श्रमिकको ज्याला, यातायात खर्चलगायतमा आर्थिक अनियमितता भएको उपभोक्ताहरूले आरोप लगाएका हुन् ।

आर्थिक वर्ष २०७२/७३ मा सो सामुदायिक वनको अध्यक्षमा हर्कबहादुर सार्की रहेका थिए । उनको कार्यकालमा वनभित्र ५८ हजार २ सय २९ क्युफिट काठ कटानी गरिएको थियो भने सडकको ब्रेकरमा ५ लाख र बकेट ४० लाख ५० हजार देखाइएको छ ।

उपभोक्ताका अनुसार वनले रूख काटिसकेपछि आम्दानी के कति भयो भन्ने अहिलेसम्म जानकारी नगराएको बताएका छन् । वनले निगालीदेखि रिटेखोलासम्मको झन्डै एक किलोमिटर सडक मर्मत गराएको थियो ।

सो सडक मर्मत गर्दा श्रमिकहरूले १४ लाख ५५ हजार ७ सय २५ मात्र प्राप्त गरेको जनाएको छ । वनका समूहले उपभोक्ताहरूलाई स्पष्ट रूपमा आय÷व्याय सार्वजनिक नगरेको गुनासो गरेका छन् ।

उपभोक्ताहरूले वनभित्र भएको आर्थिक अनियमितता’bout जेठ १८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि गरेका छन् । यस विषयमा आयोगले अनुसन्धान भइरहेको प्रतिक्रिया दिएको छ ।

आर्थिक वर्ष २०७२÷७३ मा सो वनको बैंक मौज्दात १ करोड ९० लाख रहेको थियो । आर्थिक वर्ष २०७४÷७५ मा देवबहादुर धामी अध्यक्ष पदमा निर्वाचित भएर आउ“दा सार्कीको कार्यकालमा ८१ लाख ४९ हजार ५ सय ९९ सय रुपैया“ खर्च भएको जनाइएको छ भने वनको आम्दानी १ करोड ११ लाख ६७ हजार ८ सय ३५ रहेको उल्लेख छ । धामीलाई कार्कीले ३१ लाख ४२ हजार ९ सय ५६ रुपैया“ बराबरको बैंक मौज्दात रहेको विवरण पेस गरेका थिए ।

वनले दिएको खर्च विवरणअनुसार यातायात शीर्षकमा दुई ठाउ“ खर्च देखाइएको छ । वनले इन्धन÷यातायात खर्च पदाधिकारी भनेर १ लाख ५३ हजार ३ सय १२ र यातायात खर्च भनेर ९४ हजार दुई सय ७२ उल्लेख गरेको छ ।

यस्तै, देवबहादुर धामीले ४२ जनाको कृर्ते हस्ताक्षर गरी २१ लाख रकम निकालेको उपभोक्ताहरूले आरोप लगाएका छन् ।

वनका अध्यक्ष देवबहादुर धामीले वनभित्र भएका सम्पूर्ण गतिविधिहरू उपभोक्ताहरूलाई सार्वजनिक गरिएको बताए । उनले एक÷दुई मानिसले सुनियोजित ढंगले वनको बदनाम गरिरहेको प्रतिक्रिया दिए । उनले किर्ते हस्ताक्षर रकम निकालेको भन्ने गलत भएको बताए ।

सो वनमा २ सय ५१ घरधुरी आबद्ध रहेका छन् । शव डिभिजन वन कार्यालय सहजपुरका वनरक्षक डम्बरराज भट्टले वनको सम्पूर्ण कागजपत्र माग गरिएको बताए ।

‘अख्तियारमा पठाउनुपर्ने थियो अहिलेसम्म पठाएको छैनन्,’ उनले भने, ‘अब कार्यालयका इन्चार्ज आएपछि ती विवरणहरू पठाइनेछ ।’

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दलहरू सुध्रिएनन् भने राजनीतिक दलहरुप्रति वितृष्णा अझ बढेर जान सक्छ : सीके राउत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९