जसपा नेपाल र लोसपा नेपालबीच पहिलोपटक कैलालीमा गठबन्धन


कैलाली । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका छन् ।

दोस्रो पटक प्रतिनिधिसभा विघटनलगत्तै बिभाजित भएका दुई पार्टीका नेताहरुले कैलालीमा भने स्थानीय तहको निर्वाचनका लागि पुनः एकजुट भएको घोषणा गर्दै दुई दलबीच गठबन्धन गरेर जाने निर्णय गरेका हुन् । दुई पार्टीबीच पहिलो पटक कैलालीमा गठबन्धन भएको हो ।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत जसपा र लोसपाको स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने घोषणालाई नेपाल लोकतान्त्रिक पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले समेतसाथ दिएका छन् । सुदुरपश्चिम सरकार पुनर्गठन हुदाँ असन्तुष्ट जसपा नेपालले पाँच दलीय गठबन्धन तोडेर लोसपासँग गठबन्धन गर्ने निर्णयसँगै गठबन्धन तोडेको यो दोस्रो घटना पनि हो ।

यसअघि बाँकेमा जसपा नेपालले पाँच दलीय गठबन्धन तोडिएको घोषणा गरेको थियो । नयाँ गठबन्धनको घोषणामा जसपा जिल्ला अध्यक्ष गयाप्रसाद चौधरी, लोसपा जिल्ला अध्यक्ष कृष्ण चौधरी, लोकतान्त्रिक पार्टीका अध्यक्ष माधव थारुलगायतले हस्ताक्षर गरेका छन । सो घोषणा गरेसँगैँ सुदुरपश्चिममा औपचारिक गठबन्धन टुटने यो दोस्रो जिल्लामा दरिएको छ । हिजो मात्रै डोल्पामा पाँच दलबीच गठबन्धन गर्न नसकिने भन्दै राजनीतिक संयन्त्रको बैठकले प्रदेश कार्यालयलाई पत्र पठाईएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 516 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीमा हमाल अग्रता बढाउदै