जापानमा ८६ जनामा कोरोना भाइरसको संक्रमण

टोकियो । जापानमा थप ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योकोहामा बन्दरगाहमा डायमण्ड प्रिन्सेस नाम गरेको जहाजमा यात्रा गरिरहेका थप ४१ जनामा सङ्क्रमण देखिएको हो । यसअघि जहाजमा यात्रा गरिरहेका १० जनामा संक्रमण देखिएको थियो ।

संक्रमण देखिएपछि जहाजमा रहेका ३ हजार ७ सय जनालाई गत बुधबारदेखि क्वारेन्टाइनमा राखिएको छ । हालसम्म जहाजमा रहेका ६१ मा संक्रमण देखिएको छ । गत महिना जहाजमा यात्रा गरिरहेका हङकङका एक जना ८० वर्षीय वृद्ध भाइरसका बिरामी परेपछि जाँच सुरु भएको थियो ।

जहाजमा जापानका साथै अमेरिकी, अस्ट्रेलिया र क्यानाडा, चीन र हङकङ लगायतका मुलुकका यात्रु थिए । हालसम्म जापानमा ८६ जनामा कोरोना भएको पुष्टि भएको छ ।

यो संख्या चीन बाहेकका देशमा विरामी हुनेको सबैभन्दा ठुलो संख्या हो । चीन बाहेक २५ देशमा कोरोनाको संक्रमण देखिएको छ । तिमध्ये फिलिपिन्स र हङकङमा एक–एक जनाको मृत्यु भइसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 163 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धुर्कोटमा एमाले–माओवादीबीच चुनावी सहकार्य