काठमाडौं मेयरमा सिर्जना सिंहको नाम सहमतिनजिक


काठमाडौं । काठमाडौं महानगरपालिकाको भावी मेयरका लागि नेपाली कांग्रेसले सिर्जना सिंहलाई उम्मेदवार बनाउने लगभग सहमति भएको छ । वालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसिरहेको कांग्रेस शीर्ष नेतृत्वको बैठकले सिंहलाई अनुमोदन गरेलगत्तै उनी पाँच दलीय गठबन्धनवाट मेयरकी साझा उम्मेदवारसमेत हुनेछिन ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहकी पत्नीसमेत रहेकी सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत हुन् । शुक्रवार साँझ बसेको बैठकले सिंहलाई अनुमोदन गर्ने ’boutमा सहमति भईसकेको कांग्रेस नेताहरुले बताएका छन् ।

वालुवाटारमा जारी कांग्रेस शीर्ष नेतृत्वको बैठकले सहमति गरेपछि २ बजे बस्ने कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठकले अन्तिम नामावली सार्वजनिक गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 512 times, 1 visits today)

epaper

ताजा समाचार

विपदमा कुन मन्त्रालयको तयारी के छ ? सरकार भन्छ : उच्च सतर्कता अपनाइएको छ