आयोगले तोकेको समय सकिएको तीन दिनपछि उमेदवारी दर्ता

सिन्धुली । सत्ता गठबन्धनको तर्फबाट कमलामाई नगरपालिकाको उमेदवार बनेका नेकपा माओवादी केन्द्रका नेता दिर्घराज श्रेष्ठको उम्मेदवारी दर्ताको समय सकिएको तीन दिनपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दर्ता गरेको छ ।

समानुपातिक प्रणालीमा नाम नहटेपछि निर्वाचन आयोगको सफ्टवेयरले उनको उमेदवारी लिएको थिएन । नाम दर्ता हुन नसकेपछि बैशाख १३ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयले उक्त निवेदन दर्ता हुन नसकेको सूचना जारी गरेको थियो ।

बैशाख १३ गते नै मुख्य निर्वाचन अधिकृतको कार्यालयले दर्ता भएका अन्य पाँच जना उमेदवारको नाम प्रकाशित गरेको थियो । नेकपा एमालेबाट मञ्जु देवकोटा, नेपाली कांग्रेस (विपी) का कुमारी मिश्रा खड्का, जसपा नेपालका मोदनाथ तिमल्सिना, राप्रपाका सुमित्रा कुमारी ठकुरी, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) का सविना मुक्तानको उम्मेदवारी परेको थियो ।

श्रेष्ठको नाम समानुपातिक प्रणालीको सूचिमा भएकाले दर्ता हुन नसकेपछि श्रेष्ठले उनको पूर्व पार्टी जसपालाई सूचिबाट नाम हटाउन निवेदन दिएका थिए । केन्द्रमा दवाव दिएसँगै सूचीबाट नाम हटेपछि विहिबार उनको उमेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत ध्रुव प्रसाद सापकोटाले बताए ।

आयोगले समानुपातिक सूचीमा रहेका व्यक्ति उमेदवार बन्न नपाउने व्यवस्था गरेको थियो । दर्ताको समय सकिएको तीनदिन पछि कुन कानुनमा आधारित रहेर उमेदवारी कायम गरियो त ? जसको जवाफ दिन मुख्य निर्वाचन अधिकृत सापकोटाले सकेनन । उनले आफुले कानुनी आधार दिन नसक्ने बताए । सापकोटाले उमेदवारी दर्ता नं. समेत दिन सकेका छैनन। उनले निर्वाचन आयोगको निर्णय अनुसार श्रेष्ठको उमेदवारी दर्ता गरेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 375 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
आयोग भन्यो : मनोनयन फिर्ता गराउन धम्की नदेउ