निर्वाचनमा सुरक्षाकर्मीको मृत्यु भएमा २० लाख

काठमाडौं । सरकारले निर्वाचनका लागि सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा परिवारलाई सहयोग बापत २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा सहयोगस्वरूप २० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

सो प्रस्ताव गृह मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको थियो । जसअनुसार म्यादी प्रहरीसहितका निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा सो सहयोग रकम आश्रित परिवारलाई उपलब्ध गराइनेछ ।

‘निर्वाचन सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग) तथा म्यादी प्रहरीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने’ मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ ।

यसैगरी, बैठकले निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचारमा लागेको खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

यस्तै, हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवानसरह जिल्लागत दररेटअनुसार रासनभत्ता उपलब्ध गराउने निर्णयसमेत बैठकले गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 255 times, 1 visits today)

epaper

ताजा समाचार

के हात्तीले वर्षौँसम्म रिस राख्छ ?