काठमाडौं । बुद्ध एयरले मुलुकभरको ६ ठाउँमा रात्रीकालीन उडान सेवा भर्ने भएको छ । आगामी आइतबार (मे १५) बाट हुने उडानमा जनकपुर, विराटनगर, नेपालगञ्ज, भैरहवा, भद्रपुर र सिमरामा सस्तोमा उडान सेवा विस्तार गर्न लागेको बुद्ध एयरले जनाएको छ ।
रात्रीकालीन उडान सेवा साँझ ८ बजेदेखि हुने बताइएको छ । नागरिक उड्डयन प्राधिकरणबाट उडान स्वीकृत लिँदा १३ प्रतिशत रात्रीकालीन उडान भर्नुपर्ने व्यवस्थाले गर्दा रात्रीकालिन उडान राखिएको बताइएको छ ।
रात्रीकालीन उडान बिहान र दिउँसोको तुलनामा सहज, सरल र सस्तो हुने अपेक्षा गरिएको छ । दिउँसो कामकाजमा व्यस्त हुनेका लागि रात्रीकालिन उडानबाट लाभ लिन सक्नेछन् ।
बुद्धले रात्रीकालीन उडान हुने गन्तव्यमा त्यहाँको प्रदेश र स्थानीय सरकारसँग सार्वजनिक यातायातको सुविधाको लागि अनुरोध गरेको छ । यात्रुहरूको थप आवतजावतले स्थानीयस्तरमा रोजगारीमा सिर्जना हुने र राजस्व वृद्धि हुने बुद्ध एयरले विश्वास लिएको छ ।
एयरले काठमाडौँमा ’टुटल’सँग समन्वय गरी रात्रीकालीन उडान भर्ने यात्रुलाई लक्षित गरी ट्याक्सीमा आकर्षक छुटको अफर पनि ल्याउन लागेको छ ।
दोस्रो हब भैरहवा पोखरा विमानस्थललाई बुद्ध एयरले सबै प्रदेशबाट सिधा उडानले जोडिसकेको छ । यसबाट व्यापारिक र विशेषगरी लाभाञ्वित बनेका छन् । त्यस्तै, भैरहवाबाट पोखरा र भरतपुरको उडान सुरु भइसकेको छ ।यस्तै, बुद्ध एयरले भैरहवाबाट विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा उडान भर्ने योजना राखेको छ । एयरले भगिनी संस्था बुद्ध होलिडेजमार्फत पर्यटकका लागि होलिडे प्याकेजहरू पनि सञ्चालन गरिहेको छ
यात्रुहरूको आवतजावतले स्थानीयस्तरमै रोजगार सिर्जना हुने र राजस्व वृद्धिमा पनि भूमिका खेल्ने विश्वास बुद्ध एयरको छ ।
पोखरा विमानस्थललाई बुद्ध एयरले सबै प्रदेशबाट सिधा उडानले जोडिसकेको छ । यसको प्रत्यक्ष फाईदा व्यापारिक र विशेषगरि पर्यटकहरुलाई पुगेको छ ।
अब बुध्द एयरले भैरहवा विमानस्थललाई पनि दोस्रो हबको रूपमा सबै प्रदेशबाट जोड्न लागेको छ । भैरहवाबाट पोखरा र भरतपुरको उडान सञ्चालनमा ल्याईसकेको छ ।