चुरेमा अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस उम्मेदवार विजयी

टीकापुर(कैलाली) । कैलालीको चुरे गाउँपालिकामा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी(एमाले) का चक्रबहादुर बोगटी विजयी भएका छन् । उनले गठबन्धनका एकीकृत समाजवादीका उम्मेदवार लोकबहादुर सारुमगरलाई पराजित गरे ।

एमालेका बोगटीले ३ हजार ३०५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्धी सारुले ३ हजार २८१ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत नन्दलाल पाण्डेयले बताए ।

उपाध्यक्षमा नेपाली काँग्रेसका धनदेबी थापा विजयीले ३ हजार ४४९ मत ल्याएर विजयी भइन । उपाध्यक्षमा एमालेका दीपा देबी साउँदले ३ हजार १२१ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत पाण्डेयले जानकारी दिए ।

६ वडा रहेको सो पालिकामा ४ वडा एमाले र २ वडा नेपाली काँग्रेसले विजय हासिल गरेको छ । वडा नं. १ मा नेपाली काँग्रेसका डम्मरबहादुर सिंह, २ मा एमालेका केशव साउद, ३ मा नेपाली काँग्रेसका खगेन्द्र खडायत, एमालेका ४ चक्र लामिछाने, ५ मा बीरबहादुर धामी र ६ मा एमालेकै प्रेमबहादुर साउँद वडाध्यक्ष निर्वाचित हुनुभएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 372 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मधेशकी प्रथम महिला मेयर रीना साह पुन: निर्वाचित, गठबन्धन उम्मेदवार दोब्बरले मतले पराजित