कञ्चनपुरको बेल्डाडी गाउँपालिकामा काङ्ग्रेस विजयी


महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा नेपाली काँग्रेसका हरिश चन्द्र राना निर्वाचित भएपछि काङ्ग्रेस कञ्चनपुरकाे खाता खुलेको छ ।

नेकपा एमालेको बिरासत रहेको बेल्डाडी गाउँ पालिकामा नेकपा एमालेका अक्कल बहादुर बिष्टलाई एक हजार आठ सय दुइ मत अन्तरले पराजित गर्दै काँग्रेसका राना अध्यक्षमा निर्वाचित भएका हुन् ।

२०५४ र ०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले अध्यक्ष सहित राम्रो उपस्थीति रहेको थियो । ०७४ को निर्वाचनमा ५ वडा रहेको उक्त पालिकामा एमालेले अध्यक्ष, उपाध्यक्ष सहित चारवटा वडा जितेको थियो । यस पटक भने एमाले एक वडामा सिमित हुन पुगेको हो ।

निर्वाचित अध्यक्ष रानाले चार हजार एक सय तिन मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी नेकपा एमालेका अक्कल बहादुर बिष्टले दुइ हजार तीन सय एक, नेकपा माओवादी केन्द्रका ईश्वरी दत्त भट्टले एक हजार सात सय ६३, राप्रपाका प्रेम सिंह साउँदले २६७ र स्वतन्त्र उम्मेदवार एकेन्द्र शाहले ३० मत प्राप्त गरेकाे निर्वाचन अधिकृत सुरेन्द्र केसीले जानकारी दिए ।

बेलडाँडी गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसका शान्ति नाथ निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका फुलदेवी रानालाई ४४६ मत अन्तरले पराजित गरे । गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित नेपाली काँग्रेसका शान्ति नाथले तिन हजार छ सय ७३ मत प्राप्त गरे भने प्रतिद्वन्द्वीहरू नेकपा एमालेका फुलदेवी रानाले तीन हजार तीन सय २७, नेकपा माओवादी केन्द्रका कल्पना गिरीले नौं सय ७१, स्वतन्त्र उम्मेदवार पुष्प कमल पण्डितले २९२ र राप्रपाका बसन्ती चौधरीले २३० मत प्राप्त गरे ।

बेलडाँडी गाउँपालिका वडा नम्बर १, २, ३ र ५ मा नेपाली काँग्रेस तथा वडा नम्बर ४ मा नेकपा एमालेको पुरै प्यानल निर्वाचित भएको बेलडाँडीका निर्वाचन अधिकृत केसीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 320 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पलेँटी गजल मुशायरामा सन्तोष र लालकाजी सुनिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
डडेल्धुरामा माओवादीले परशुराम र एमालेले आलिताल बाट खोल्यो खाता