कैलालीमा चार पालिका प्रमुख जितेर ठूलो दल बन्दै रेशम चौधरीको उन्मुक्ति पार्टी


टीकापुर(कैलाली) । कैलाली १३ वटा स्थानीय तहमध्ये ९ वटा स्थानीय तहको मतपरिमाण सार्बजनिक भएको छ । चुरे, बर्दगोरिया, कैलारी, जोशीपुर, मोहन्याल गाउँपालिका गरी ५ गाउँपालिका र घोडाघोडी, गोदावरी, टीकापुर, भजनी नगरपालिका गरी ४ वटा नगरपालिकासहित ९ वटा स्थानीय तहको मत परिमाण सार्बजनिक भइसकेको छ ।

थारु बाहुल क्षेत्र कैलालीको टीकापुर, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा गठबन्धन दललाई पराजित गर्दै रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले विजय हाँसिल गरेको छ । जानकी गाउँपालिकामा पनि उन्मुक्ति पार्टीकै अग्रता कायम छ ।

नागरिक उन्मुक्ति पार्टीले जानकी नगर गाउँपालिकामा विजय हासिल गरेपछि कैलालीमा सबैभन्दा ठूलो दल बन्ने निश्चित छ । नागरिक उन्मुक्ति पार्टीका नेता गणेश चौधरीले कैलालीमा ४ पालिका जितेर आफ्नो पार्टी ठूलो हुने दाबी गरे ।

सार्बजनिक मतपरिमाण अनुसार कैलालीमा नेकपा एमालेले अध्यक्षमा मात्र चुरे र बर्दगोरिया गरी दुई पालिका जितेको छ । गणना भइरहेको पालिकामा एमालेले जित्ने आधार देखिएको छैन् ।

नेपाली काँग्रेसले गोदावरी नगरपालिका र कैलारी गरी दुई स्थानीय तह जितेको छ भने लम्की चुहा नगरपालिकामा काँग्रेस उम्मेदवारले अग्रता लिइरहेका छन् । सो नगरपालिकामा उपप्रमुखमा माओवादी केन्द्रको भागमा परेको छ ।

एकीकृत समाजवादीले घोडाघोडी गाउँपालिकाको नगरप्रमुखमा विजय हासिल गरेको छ भने नेपाली काँग्रेसले उपप्रमुखमा विजय हासिल गरेको छ । माओवादी केन्द्रले मोहन्याल गाउँपालिकाको अध्यक्षमा जित्दा उपाध्यक्षमा काँग्रेस उम्मेदवार विजयी भएका छन् ।

कैलालीको जानकीनगर गाउँपालिका, गौरीगंगा, लम्की चुहा नगरपालिका र धनगढी उपमहानगरपालिकामा मत गणना जारी छ । गौरीगंगामा माओवादी केन्द्रका उम्मेदवार देबीदत्त कँडेल र नेपाली काँग्रेसका उपाध्यक्षका उम्मेदवार भोज वमले अग्रता लिइरहेका छन् भने धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर बढाउदै लगेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 384 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कर्णालीमा चार महिलाले दिए मेयरमा उम्मेदवारी