सुदूरपश्चिममा नेपाली कांग्रेस बन्यो पहिलो शक्ति


धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली काङ्ग्रेस पहिलो शक्ति बनेको छ । ८८ वटा स्थानीय तहमध्ये हालसम्म ८१ को अन्तिम नतिजा आउँदा नेपाली कांग्रेस सबैभन्दा बढी पालिकामा जित हात पार्दै पहिलो शक्ति बनेको हो ।

७ पालिकाको नतिजा आउँन बाँकी

नेपाली कांग्रेसले अहिलेसम्म ३६ वटा स्थानीय तहमा जित हात पारेको छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेले प्रदेशभरि २४ स्थानीय तहमा जित हात पारेको छ । यस्तै, माओवादी केन्द्रले १४, नागरिक उन्मुक्ति पार्टीले चार जित हात पारेको छ ।

नेकपा (एकीकृत समाजवादी) ले दुई र एक स्वतन्त्रको जित भएको छ । प्रदेशभरि सात केही स्थानीय तहको नतिजा आउन बाँकी छ ।
नतिजा आउन बाँकी पालिका
१) कैलालीको धनगढी उपमहानगरपालिका– स्वतन्त्रको अग्रता
२) कञ्चनपुरको पुनर्वास नगरपालिका– काँग्रेसको अग्रता
३) कञ्चनपुरको भीमदत्त नगरपालिका– काँग्रेसको अग्रता
४) कञ्चनपुरको कृष्णपुर नगरपालिका– काँग्रेसको अग्रता
५) कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– एमालेको अग्रता
६) बाजुराको बुढीगंगा नगरपालिका– मतगणना हुन बाँकी
७) अछामको साँफेबगर नगरपालिका– काँग्रेसको अग्रता

तपाइको प्रतिक्रिया
(Visited 284 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपालगञ्जमा कर्फ्यू उलङघन गर्दै प्रदर्शन जारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रत्ननगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी