मेरो टोपी मैलो हाेइन, यही माटोको टीका लागेको


ढाका टोपी । सर्ट–पाइन्ट । यो लेखको शीर्षक बनाइएको गोपाल योञ्जनको गीतजस्तै लाग्छ, उनलाई देख्दा । सामान्य, एकदमै सामान्य । अनि, ‘हठी’ पनि । हो नि । अहिले देशभित्र मात्रै हैन, सीमा–समुद्रपारि पनि ‘हर्के’, ‘हर्क’ र ‘हर्कु’ कहलिएका छन्, उनी ।

१९ वैशाख २०७९ बिहान ११ः४१ बजे सामाजिक सञ्जाल (फेसबुक)मा उनले पोस्ट गरेका छन्, ‘जन्मभूमि ढोगेर सुरु गरियो, घरदैलो ।’

त्यसको झन्डै १९ दिनपछि ८ जेठ २०७९ राति १०ः३५ बजेको पोस्टमा उनले ‘प्रतिबद्धता’ जनाएका छन्, ‘धराने जनतालाई सदा शिरोपर राखेर काम गर्नेछु ।’

जन्मभूमि ढोगेर चुनावी ‘घरदैलो’ थालेका उनै ‘हर्के’ धरानको ‘मेयर’ बनेका छन् । विजयी भएकै रात ‘ढाका टोपी’ थपना गरेर भाकेको ‘कसम’ पूरा गर्न अहिले पनि उनी ‘घरदैलो’मै छन् ।
‘पहिले म आवाज उठाउने ठाउँमा थिएँ, अहिले आदेश मान्ने ठाउँमा छु,’ २०६८ को जनगणनाअनुसार १ लाख ३७ हजार ७ सय ५ जनसंख्या रहेको धरान उपमहानगर प्रमुख हर्क साम्पाङ राई भन्छन्, ‘ममा केही पनि परिवर्तन आएको छैन र आउने पनि छैन । जिम्मेवारीमात्रै बढेको हो, जुन पूरा गर्न मलाई कसैले रोक्नेवाला छैन ।’

अब एकैछिन, ‘ङ्खल्यासब्याक’ होऔं है त ।

गत ३० वैशाखअघिसम्म धरानबाहेक देशका अन्य कुनाकाप्चामा ‘को हर्क ?’ भन्ने अवस्थिति थियो । चुवानी माहोल रन्केको थियो, तर राजनीतिक वृत्तमा ‘हर्के’हरू गुमनाम थिए । मतदान सकियो, गणना सुरु भयो । एकदिन बित्यो, अर्को हुँदै तेस्रो–चौथो दिन र साता नाघिसक्दासम्म गुमनाम ‘हर्के’हरू उदाउन थाले । तीमध्ये सामान्य पृष्ठभूमिका एक थिए, हर्क साम्पाङ ।

काकाकुल धरानलाई ‘जलमग्न’ पार्ने सपना साँचेका हर्कले निर्वाचन आयोगसंग चुनाव चिह्न ‘धारा’ नै मागे, तर पाएनन् । चिताएको चिह्न नपाउँदा उनी जंगिए पनि । तर, केही लागेन । स्वतन्त्र उम्मेदवारका लागि आयोगले छुट्याएको ‘लौरो’ चिह्न बोकेर मैदान उत्रिए, हर्क ।
खानेपानी व्यवस्थापन बोर्डका अनुसार धरानलाई दैनिक २ करोड ५० लाख लिटर पानी आवश्यक पर्छ । तर, आपूर्ति भने १ करोड ६० लाख लिटरमात्रै भइरहेको छ । हर्कको ‘ड्रिम प्रोजेक्ट’ यही हो, धरानवासीका लागि शतप्रतिशत पानी आपूर्ति ।
एक्लो ज्यान, एक्लो प्रचार–प्रसार । ‘अटोरिक्सा’मा चोक–सडक पुगेर दिनभर माइकिङ गर्थे, सुन्ने नगण्य हुन्थे । तर, उनको जोश उस्तै । चिह्न ‘लौरो’ त तय भयो, वडापिच्छे घरदैलो गर्न भने भ्याएनन् । अनि, चुनावी अभियानको माध्यम बनाए, फेसबुक । उनीभित्र अटल–अठोट विश्वास साथमा जो थियो ।



धरानेमात्रै हैन, देशभरका जनताका मनमा उनी कुन बेला पसे ? कसैले भेउसम्म पाउन सकेनन् । काममा लागेपछि ‘फत्ते’ नभएसम्म त्यसैमा चित्तरत स्वभावका हर्क आफूलाई ‘विद्रोही’सम्म भन्न रुचाउँछन् ।
‘अन्याय र अत्याचार त सहनै सक्दिनँ,’ खोटाङ खार्तम्छामा २०३९ सालमा जन्मिएका ४० वर्षीय हर्कले शुक्रबार राजधानीसँगको फोनवार्तामा भने, ‘मेयर भए पनि म उही हर्के हुँ, ममा भविष्यमा पनि कुनै किसिमको परिवर्तन आउने छैन । यो मेरो बाचा नै भयो ।’

हुन त, पूर्वब्रिटिस लाहुरेका छोरा हुन्, हर्क । हुनुपर्ने त ‘लाहुरेको छोरो लाहुरे’ नै हो । तर, बाटो फरक बनिदियो । कुरो २०७२ को हो, १ सय ५ मिटरको मदन भण्डारी राजमार्ग बन्ने भएपछि सयौं परिवार विपद्मा पर्ने देखियो । हर्कको सहसंयोजकत्वमा संघर्ष समिति नै खडा भयो । अनि, सुरु हुन्छ, राजनीति ।

‘त्यो घटनाले मलाई फरक मोडमा पु¥यायो, दिनदुःखी र अन्यायविरुद्ध लड्ने अभियानै थालें,’ वैदेशिक रोजगारीक्रममा ६ वर्ष अफगानिस्तान र इराक रहेका हर्क विगततिर फर्कन्छन्, ‘आफ्नै ट्युसन सेन्टर खोलेर धरानमा कम्प्युटर र अंग्रेजीसमेत पढाएँ । तर, यसरी परिवर्तन नहुने रहेछ । जाग्नुपर्दो रहेछ । जीवनमा केके मात्रै गरिनँ, गर्दैछु, भ्रष्टाचार–बेथितिविरुद्ध लडि नै रहनेछु ।’



एउटा सोझो शिक्षक कुन बेला ‘विद्रोही’ बने, त्यो हर्क स्वयंलाई पनि हेक्का छैन । साहित्यिक पाटोमा कोमल उनको मन ‘सामाजिक मुद्दा’मा कठोर बनिदिन्छ । ‘भ्रष्टाचार नहोस् भन्ने जनताको एउटै चाहना हो, त्यति नभइदिए सबै क्षेत्र स्वतः स्वच्छा हुँदै जान्छ,’ २०५५ सालतिर धरान आइपुगेका हर्कको ठम्याई छ, ‘हामी सबै मिलेर भ्रष्टाचारविरुद्ध लागौं न, नगरे के हुन्न । मेरो यात्रामा धराने जनताले सघाउनेमा ढुक्क छु ।’

खोटाङ शुक्र’bout माविबाट एसएलसी उत्तीर्णपछि धरान झरेका हर्क २४ वर्षपछि ‘मेयर बन्ला ?’ भनेर कल्पनासम्म गरिएको थिएन, शायद । उनलाई सोधियो पनि, ‘मेयर बनुँला भन्ने कहिल्यै सोचिएको थियो ?’ तर, उनकै उत्तर भने ठ्याक्कै विपरित पाइयो ।


‘देशको लागि केही न केही त गरेरै देखाउँछु भन्ने अठोट थियो, मेयरकै सपना नदेखेको हुँला तर उद्देश्य त्यस्तै थियो, छ पनि,’ २० हजार ८ सय
२१ जनमतसहित धरान उपमहानर प्रमुखमा निर्वाचित हर्कले सुनाए, ‘मैले जनताको मतको कदर गर्नुपर्छ, यसलाई शिरोपर गरेर अगाडि बढ्नेछु ।’

धरानकै महेन्द्र बहुमुखी क्याम्पसबाट समाजशास्त्र र राजनीतिमा स्नातक हर्क साहित्यक फाँटमा पनि रुचि राख्छन् । गीत लेख्छन्, संगीत गर्छन् अनि गाउँछन् । उनको ‘मिसिङ हर्ट’ नामक श्रव्य गिती संग्रह नै सार्वजनिक छन् । ‘यी पाटा मेरा रुचि हुन्, जतनाको सेवा मेरो रगतमै बगेको छ,’ चार वर्षअघि निर्वाचनमा ४ सय २२ मत पाएका हर्क भन्छन्, ‘सानो नै किन नहोस् तर त्यो जनचासोको विषय छ भने उठान गरिहाल्ने मेरो बानी छ, जसलाई जनताले मन पराएका छन् ।’



‘बागडोर’ सम्हालेपछि धरान उपमहानर प्रमुख हर्कले आफ्नो फेसबुक वालमार्फत आह्वान गरेका छन्, ‘पानी नआउने, लाइन नआउने, बेथिति र अनियमितता भएको अवस्था छ भने मलाई डाइरेक्ट कल गर्नुहोला । ९८१९०१२३७२–९७४६९६५१९८–तपाईंको सेवक–जय धरान ।’
चुनावअघि ‘नमस्कार’ गर्दै घरदैलो आउने तर जितपछि नाकमुख नदेखाउने ‘प्रवृत्ति’ भएकाका लागि हर्कको यो आह्वान ‘पाच्य’
नहोला । यद्यपि, जनताले भने राहतको श्वास लिनेमा उनी ढुक्क छन् । कुनै ताका सीमा अतिक्रमण मुद्दा उत्कर्समा हुँदा उनै हर्कले नेपाली सेनाको व्यारेकमै पुगेरै नाराबाजी गरेका थिए । ‘सेनालाई व्यारेकमा होइन, सिमानामा खटाऊ’ भन्दै उनले गरेको नाराबाजी इटहरीवासी अझै सम्झने गर्छन् ।



स्वतन्त्र चुनाव लडेर ‘मेयर’ जितेका हर्क अहिलेसम्म कुनै पनि राजनीतिक दलमा आबद्ध भएका छैनन् । उनलाई ‘कम्युनिज्म’ मनपर्छ । तर, दलकै सदस्यता लिने योजना छैन । उनलाई लाग्छ, ‘राजनीतिक दलका नेताको प्रवृत्तिकै स्वतन्त्रहरू उदय भएका हुन् ।’

तपाइको प्रतिक्रिया
(Visited 164 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

निगमलाई कसले पल्टाउँदै छ टाट ?

कुरी-कुरी