टोलीसँग जित्ने क्षमता छ : कप्तान सन्दीप

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले टोलीसँग कुनै पनि टोलीविरुद्ध राम्रो क्रिकेट खेलेर जित्ने क्षमता भएको बताएका छन् । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज अमेरिका पुगेका सन्दीपले सो प्रतिक्रिया दिएका हुन् ।

‘टिम राम्रो अवस्थामा छ । यहाँ हामीले अभ्यास थालिसकेका छौं । कन्डिसन एकदमै चुनौतीपूर्ण छ । हामीले जे सोचेर आएका थियौं, ठ्याक्कै त्यस्तै छ ।’ सन्दीपले भने । नेपालले आईसीसी विश्वकप लिग–२ मा अमेरिका र ओमानसँग खेल्नुअघि दुई अभ्यास खेल खेल्ने तालिका छ । अभ्यास खेल सन्दीप नेपालको लागि राम्रो अवसर बताउँछन् । ‘यो हाम्रो लागि राम्रो अवसर हो । राम्रो र सन्तुलित टोलीको विरुद्धमा खेल्दै छौं ।

दुवै टोली सिजन क्रिकेट खेल्ने टोली हो । मुख्यतः अमेरिकामा पहिलोपटक खेल्न लागेको हुँदा अभ्यास खेल हामीलाई यहाँको वातावरणसँग भिज्ने अवसर हुनेछ,’ सन्दीपले भने, ‘टिम एकदमै सन्तुलित छ । हामीले शीर्षक्रमदेखि तल्लोक्रम सबैमा मिलाएका छौं । एउटा तीव्र गतिका बलर मिस गर्नेछौं । तर, टोलीमा विश्वस्तरीय तीव्रगतिका बलर छन् । स्पिनर पनि उत्तिकै राम्रो छ । कुनै पनि टोलीसँग राम्रो प्रतिस्पर्धात्मक क्रिकेट खेलेर जित्ने क्षमता यो टोलीसँग छ,’ तीव्र गतिका बलर विक्रम सोब ब्याक इन्जुरीका टोलीमा पर्न सकेनन् । उनको स्थानमा नेपालले स्पिनर सुशान भारीलाई समेटेको थियो ।

यस्तै, कप्तान सन्दीपले प्लेइङ–११ निकाल्न सहज नहुने बताएका छन् । उनले यो नेपालका लागि राम्रो संकेत रहेको समेत थपे । नेपालले बिहीबार नेपाल अल स्टार्ससँग खेल्नेछ । अल स्टार्समा नेपाली टोलीका मध्यक्रमका ब्याटर पृथु बाँस्कोटा र अनुभवी स्पिनर वसन्त रेग्मी हुनेछन् । ‘पक्कै पनि दुई चुनौती खेलाडी आफ्नै परिवारको विरुद्ध खेल्न पाएका छौं ।

दुवै अनुभवी खेलाडी हुनुहुन्छ । दुवैलाई सम्मान गर्छु । विपक्षी टोलीमा भएपछि हामीले हाम्रोतर्फ शतप्रतिशत दिने छौं । सकेसम्म जित निकालेर अघि बढ्छौं ।’ किटान सन्दीपले भने । नेपालले दोस्रो अभ्यास खेल शनिबार ह्युस्टन हरिकेन्ससँग खेल्नेछ । नेपालले २६ जेठमा ओमानसँग खेल्दै अमेरिका भ्रमणमा लिग टुको सुरुवात गर्नेछ । खेल अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियमा हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 319 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदाता शिक्षाको अभावमा वीरगञ्जमा ५३ प्रतिशत मत बदर