सज्जा चौलागाईंको ‘आँखैमा लाउने गाजलु’ सार्वजनिक

सज्जा चौलागाईंको स्वरमा रहेको गीत ‘आँखैमा लाउने गाजलु…’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंको मैतिदेवीस्थित डोरी रेस्टुरेन्टमा पत्रकार भेटघाटबीच गीतको भिडियो सार्वजनिक भएको हो । चौलागाईंको पहिलो एल्बम ‘भिक्टोरी’ मा रहेको यो गीतको भिडियो साइराम पिक्चर्स युटुब च्यानलमार्फत् ल्याइएको छ ।

रामकृष्ण महराको शब्द, शंकर थापा स्माइलको संगीत, सञ्जीव सुब्बाको एरेन्ज रहेको गीतमा अशोक महर्जनको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।जीवन शाहीको निर्देशन तथा राहुल बराइलीको कोरियोग्राफी रहेको गीतको भिडियोमा विना राउत र सरोज प्रजाको अभिनय छ । भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन र ओरिन्ट बिसुन्खेको रंग सम्पादन छ ।

तपाइको प्रतिक्रिया
(Visited 131 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज ?

कुरी-कुरी