बुद्धभूमिका जनप्रतिनिधिलाई आँखा स्वास्थ्य शिक्षा

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका जनप्रतिनिधिलाई आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको छ। छन्दे कालेवाबु नारायणी आँखा अस्पताल बहादुरगन्जले कपिलवस्तुका नवनिर्वाचित जनप्रतिनिधिलाई नगर भित्र रहेका जनताका आँखाको बिरामी पहिचान गरि उपचारका लागि प्रेरित गर्न आँखा स्वास्थ्य शिक्षा प्रदान गरेको हो। अस्पतालले शिवराज र बुद्धभूमि नगरपालिकाका सबै जनप्रतिनिधिलाई एक दिने प्रशिक्षण गरेको छ ।

कार्यक्रमलाई अस्पतालका प्रमुख प्रशासक शम्सेर थापा र आँखा स्वास्थ्य बाह्य कार्यक्रम संयोजक ओपेन्द्र चन्दले सहजीकरण गरेका थिए ।आँखालाई स्वस्थ राख्ने उपाय, आँखामा लाग्ने रोग र रोगका कारण, समुदायमा आँखा रोगीको अवस्थाको विषयका छलफल गरिएको थियो ।

जनताको आँखाको स्वास्थ्य उपचारकालागि नगरले साप्ताहिक साप्ताहिक रुपमा आँखा जाँच शिविर सञ्चालन गरेको बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले बताए। हामीले हाम्रा नगरबासिका आँखा खोल्न शिविर संचालन गरेका छौ भने हाम्रा आँखा खोल्न यो कार्यक्रमले सहयोग गरेको श्रेष्ठले बताए। २ बर्ष भित्र नगरका सम्पुर्ण मोतियाबिन्दु भएका जनताको निशुल्क अप्रेसन गर्ने मेयर श्रेष्ठले प्रतिवद्द्ता गरे ।नगरले सबै क्षेत्रमा काम गर्नु पर्ने भएकाले स्वास्थमा अलि पछि परेको बताए ।

पालिकाले पहिलो काम आफ्ना जनताको स्वास्थ्यमा काम गर्ने नगर उपप्रमुख मिरा थारुले बताइन। जनताको आँखा स्वास्थ्यका लागि नगरमै आँखा अस्पताल सन्चालन गर्न आफुले प्रयास गर्ने समेत उनले बताइन।

अस्पतालले स्थापना भएको १६ वर्षमा ९ लाख आँखा रोगीको उपचार गरेको नेपाल नेत्र ज्योती संघ दाङका सभापति रेसमबहादुर खड्का बताए । अस्पतालले हाल सम्म १ लाख २१ हजार मोतिविन्दुका बिरामीको सर्जरी गरेको छ । वार्षिक औसत १० हजार बिरामीको सर्जरी गर्दै आएको अस्पतालका अधिकृत जसराज विश्वकर्माले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 415 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यस्ता छन् नवलपरासीका उम्मेदवारहरू (सूचीसहित)