घर भत्किएर पुरिँदा बालिकाको मृत्यु, दाई घाइते

पोखरा । भारी वर्षासँगै भर भत्किएर पुरिंदा स्याङ्जाको गल्याङ १०, दुविनडाँडामा एक बालिकाको मृत्यु भएको छ । घटनामा उनका दाजु घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहीबार बिहान करिब साढे ६ बजे घर भत्किंदा १२ वर्षीया रेखा भट्टराईको मृत्यु भएको हो ।

बिहान सुतिरहेको बेला घर पुरिएर उनीसहित १६ वर्षीय उनका दाइ लक्ष्मण घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि गल्याङ सामुदायिक अस्पतालमा ल्याइएकोमा बहिनी रेखालाई चिकित्सले मृत घोषणा गरेका हुन् । टाउकोमा सामान्य चोट लागेका लक्ष्मणको उपचार भइरहेको छ भने घर पूर्ण रुपमा क्षति भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा ‘सिट’ हिसाब किताब, कांग्रेस ६०-४० को पक्षमा

कुरी-कुरी