च्याउ खोज्न जाँदा खोलामा फसेका १० जनाको ५ घण्टापछि उद्दार


दाङ । दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ स्थित दक्षिण चुरे भएर उत्तर तर्फ बग्ने खहरे खोलामा फसेका महिलाहरुलाई प्रहरीले उद्दार गरेको छ । त्रिशक्ती सामुदायिक वनमा च्याउ खोज्न गएको समयमा उनीहरु खोलामा आएको बाढीमा फसेका थिए ।

मानिस खोलामा फसेको सुचना पाए लगत्तै रणसिंह दल गण लमही ब्यारेकका क्याप्टेन जलमदेव चौधरी, नं.२९ ज्वालामाई गण हेड क्वाटर भालुवाङका प्रहरी निरीक्षक धनन्जय केसीको टोली पुगेको थियो । त्यस्तै सशस्त्र प्रहरी वल नं. ४१ गण हेक्वा अर्जुन खोलाका प्रहरी निरीक्षक रबिन्द्र कार्की, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक पुष्पराज थापा, ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रन्जु केसी लगायतको टोली घटनास्थलमा पुगेको थियो ।

च्याउ खोजेर घर तर्फ फर्किदै गर्दा खोला पार गर्ने क्रममा बाढी आएपछि उनीहरु बिहान ९ बजे बिचमै फसेका थिए । बाढीमा फसेका राजपुर गाउँपालिका वडा नम्बर २ बेला चप्फाका २३ वर्षिया छवि सुनार, १७ वर्षिया बिनिता सुनार , २८ वर्षिया गीता सुनार, ३५ वर्षिया निमा सुनार, २३ वर्षिया लक्ष्मी सुनार, २२ वर्षिया एलिशा सुनार, २१ वर्षिया प्रमिला सुनार, ३० वर्षिया सुमित्रा सुनार, २८ वर्षिया अन्जना सुनार र उनकी ९ वर्षिया छोरी सदिक्षा सुनारको रसी (डोरी) को सहायताले पाँच घण्टा पछि दिउँसो २ बजे उद्धार गरिएको हो ।

राजपुर बेला गाउँपालिका वडा नम्बर २ बेला चप्फाका स्थानीय महिलाहरु च्याउ खोज्न जंगल गएर फर्किने समयमा (रसरी र माररी खोला मिलेर बनेको) सोमैथान नजिक रहेको दरबाजा खोलामा सत्र जना फसेका थिए । ‘राती देखि पानी परिरहेको थियो, च्याउ उम्रेका होला भन्ने लागेर हामी सबै च्याउ खोज्न नजिकैको जंगलमा गएका थियौं ।’ स्थानीय २८ वर्षिय अन्जना विकले भनिन् ‘खोलाको दुरि लामो छ, पानी परिरहेको थियो, खोला पार गरिहाल्छौ भनेर खोलामा पस्यौं तर विचमै फस्यौं ।’ अन्जनाले भनिन् । खोलाको दुवै तिरको हंगालो उर्लेर आएको देख्दा अब बाचीन्न जस्तो लाग्यो, घर परिवार सम्झेर रोएँ ।’ चप्फाकी ३५ वर्षिया निमा सुनारले भनिन ।

बिहान ९ बजे देखि दुई बजे सम्म भोक भोकै बस्नु पर्दा साह्रै चिन्ता लागेर आएको निमाको भनाई थियो । १८ जना मध्ये ९ जना निस्किन सफल भएका थिए भने बाँकी दश जना खोलाको विच भागमा फसेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 223 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवाले रेणुको गुनगान गाए, दाहालले झस्काए