यस्तो छ प्रचण्डको भारत बसाईको कार्यक्रम, कहिले कोसँग भेट्दै ?


काठमाडौं । भारत भ्रमणका लागि शुक्रबार दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ व्यस्त बनेका छन् ।

भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणमा भारत पुगेका प्रचण्डलाई विमानस्थलमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले स्वागत गरेका थिए उनीसँग होटल ताज मानसिंहमा शिष्टाचार भेट भएको छ । त्यस्तै आजै उनले नेपाली राजदूतावासमा नेपाली संघ संस्थाका प्रतिनिधिहरूसंग भेटघाट गर्ने र नेपाली राजदूतद्वारा आयोजित रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ ।

त्यस्तै शनिबार भने प्रचण्ड राजनीतिक भेटवार्तामा व्यस्त हुने छन् । भारतका राष्ट्रीय सुरक्षा सल्लाहकार अजीत डोभाल, विदेश मन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै विदेश सचिव विनय मोहन क्वात्रासँग पनि उनको भेटवार्ता हुने छ । त्यस्तै प्रचण्ड फाउन्डेसन फर पब्लिक अवेरनेस एन्ड पोलिसी नामक संस्थाद्वारा आयोजित नेपाल भारत सम्बन्धी सेमिनारमा प्रमुख वक्ताको रूपमा सहभागी हुनेछन् । भारतका विदेश मन्त्रीले प्रचण्डको सम्मानमा दिने रात्रिभोजमा सरकारका शीर्ष मन्त्रीहरूसँग भेटघाटको कार्यक्रम रहेको जनाइएको छ ।

त्यस्तै आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भ्रमणको कार्यक्रम रहेको छ । त्यस्तै आइतबार नै प्रचण्ड भाजपा मुख्यालय भ्रमणमा पुगेका छन् । त्यसक्रममा उनले भाजपा अध्यक्ष जेपी नड्डासँग भेटघाट गर्न छन् भने भाजपा अध्यक्षद्वारा आयोजित दिवाभोजमा सहभागी हुने छन् ।

तपाइको प्रतिक्रिया
(Visited 228 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

अखिलको २३औं सम्मेलनः अध्यक्षका लागि ६ जना प्रतिस्पर्धामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
२ लाख ६८ हजार सुरक्षाकर्मी फिल्डमा