कैलालीमा सम्बन्धविच्छेद र बलात्कारको मुद्दा अत्यधिक


धनगढी । कैलालीमा सम्बन्ध विच्छेद र बलात्कारको मुद्दा अत्यधिक रहेको छ । कैलाली जिल्ला अदालतले आर्थिक वर्ष २०७८/७९ को सार्वजनिक गरेको तथ्यांकले जिल्लामा सम्बन्ध विच्छेद र जबरजस्ती करणीको मुद्दाको अवस्था डरलाग्दो रहेको देखिएको हो ।

अदालतका अनुसार आर्थिक वर्ष २०७८/७९ सम्बन्ध विच्छेदका ५५० मुद्दा रहेका थिए । जसमध्ये १६९ मुद्दा फछ्र्योट भएको अदालतले जानकारी दिएको छ । सम्बन्धविच्छेदका ३८१ मुद्दा अझै पछ्र्योट हुन बाँकी रहेको छ । त्यस्तै, जबरजस्ती करणीका २०५ मुद्दा रहेका रहेको जनाइएको छ । जसमध्ये ७३ मुद्दा फछ्र्योट भएको छ । १३२ मुद्दामा अझै अदालतको कारबाही हुन बाँकी रहेको छ । श्रीमान श्रीमतीबीचको बढ्दो बेमेल, वैदेशिक रोजगारीमा जाँदा बग्रेको सम्बन्ध लगायतका कारणले सम्बन्ध विच्छेदका मुद्दा बढी आउने गरेको अदालतका मुख्य न्यायाधिश जयानन्द पनेरुले बताए ।

यसैगरी, घटनाहरूको प्रकृति हेर्दा कयौँ घटनामा श्रीमान् विदेश जाँदा श्रीमती परपुरुषसँग लाग्ने, विदेशबाट पठाएको पैसा खर्च गरिदिने, श्रीमानले मादक पदार्थ सेवन गरी झैँ झगडा गर्ने जस्ता कारणले सम्बन्ध विच्छेदका मुद्दा बढी आउने गरेको जनाए । यस्तै, श्रीमती तथा बालबच्चाहरुलाई पिट्ने र यी घटना बढ्नुमा सामाजिक सञ्जालको दुरुपयोग पनि मुख्य रहेको न्यायाधीश पनेरुको भनाइ रहेको छ ।
जिल्लामा लागुऔषधका मुद्दा पनि अत्यधिक रहेको छ । आर्थिक वर्ष २०७८/७९ मा कैलाली जिल्ला अदालतमा २२९ मुद्दा परेको थियो । जसमध्ये ५४ वटा फछ्र्योट गरिएको छ ।

लागुऔषध सम्बन्धी १७५ मुद्दा अझै पछ्र्योट हुन बाँकी रहेको अदालतले जानकारी दिएको छ । पछिल्लो समय मान्छे असामाजिक बन्दै गएका छन् । विभिन्न कुलतमा फसेका कारणले बलात्कार र लागुऔषध अपराधका घटना बढिरहेको बताइन्छ । लागुऔषधका घटना तथा मुद्दाको प्रकृति हेर्दा अभिभावकको रेखदेखमा कमी, विद्यालयमा उच्च शिक्षा नमिल्नु र बालबालिकासँग वृद्ध वृद्धा नखेल्ने तथा बालबालिका र वृद्धवृद्धा पनि सामाजिक सञ्जाल डिजिटल खेलमै बढी बस्नाले यी घटना बढ्ने गरेको मुख्य न्यायाधीश पनेरुले बताए ।

यसमा नियामक निकायको भूमिका कत्तिको कडाइका साथ लागु भएको छ भन्ने कुराले पनि महत्व राख्ने पनेरुले बताए । कैलाली जिल्ला अदालतले आर्थिक वर्ष २०७८÷७९ मा एक हजार ६६४ मुद्दा फछ्र्योट गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 337 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा स्वतन्त्र उम्मेदवारको पल्ला भारी