अभिनेता गजित बिष्टको नारी अबतार

काठमाडौं । गायिका सुनिता दुलालले यो वर्षको तीजलाई लक्षित गरेर नयाँ तीज भाका रमाईलो तिजैमा…को भिडियो बजारमा ल्याएकी छिन् । उन्नती बोहरा ‘शिला’को शब्द र शम्भुजीत बासकोटाको संगीत रहेको यो गीतको भिडियो यतीबेला नेपालको युट्युव ट्रेन्डिङमा छ । यो गीतमा अभिनेता गजित बिष्टले नारी बनेर गरेको नृत्य अहिले चर्चामा छ ।

भिडियोमा अभिनेत्री करिश्मा मानन्धर, मोडल अन्जली अधिकारी, लक्ष्मी जोशी, अभिनेता गजित बिष्टसँगै गायिका दुलाल आफैंले नृत्य गरेका छन् ।

भिडियोमा गजितले आफ्नी श्रीमतीलाई हरेक काममा सघाउने श्रीमानको भूमिका निभाएका छन् । यहाँसम्मकी आफ्नी श्रीमती र उनका साथीहरुलाई खुसी पार्न गजितले यो भिडियोमा सारी चोली लगाएर महिलाको शैलीमा महिलासँग छमछमी नाचेका छन् । उनलाई नृत्य निर्देशक गम्भिर बिष्टले महिला बनाएर नचाएका हुन् ।

गम्भिरको भनाईमा गजितले यस अघि धेरै पटक महिला भएर स्टेजमा नृत्य प्रस्तुत गरिसकेका छन् । सोही कारण पनि गजितलाई यस पटक यो गीतमा आफुले सारी चोली लगाईदिएर महिला बनाई नचाएको गम्भिरले बताए ।

गम्भिरको कथनमा तीजमा श्रीमतीलाई श्रीमानले हरेक काममा सघाउनु त पर्छ नै । उनीहरुलाई मनोरञ्जन दिन आफु पनि सँगै गएर नृत्य गर्न पछि हट्नु हुँदैन भन्ने सन्देश दिन पनि गजितलाई यो रुपमा नृत्य गराईएको रहेछ । गायिका सुनितालाई पनि सारी चोलीमा अभिनेता गजितको नृत्य निकै रमाईलो लागेको रहेछ ।

गजितको भनाईमा उनले पहिलो पटक केटी बनेर ८ कक्षा पढ्दा स्कुलको कार्यक्रममा नृत्य गरेका थिए । बिराटनगर निबासी गजित त्यत्तिबेला मोरङको लेटाङ स्थित आफ्नो फुपुको घरमा बसेर त्यहाँको जाँते माविमा अध्ययनरत थिए । स्कुलमा एउटा नाटक प्रस्तुतिको क्रममा उनले स्कर्ट र चोलीमा सजिँदै युवती बनेर हिन्दी गीत ‘चोलीको पिछे क्या है…’मा नृत्य गरेका थिए । त्यतिबेला उनको युवती रुप र नृत्यको सबैले प्रसँसा गरे ।

त्यो पल सम्झँदै उनले भने,‘सुरुमा त म साह्रै नभर्स भएको थिएँ । तर सबैले सठ्ठी बजाउँदै तालीले साथ दिएपछि मैले खुबै ठुम्का लगाउँदै नृत्य देखाएँ ।’ त्यसपछि भने आफुलाई महिला बनेर स्टेजमा उत्रन सजिलो भएको यी अभिनेताले बताए । लेटाङमा अध्ययनरत रहँदा उनले त्यहाँका धेरैको विवाह, ब्रतबन्ध, पुजा लगायतका कार्यक्रममा युवती बनेर नृत्य गरे । जसबापत उनले त्यतिबेला राम्रै पारिश्रमिक पाउँथे ।

यो क्रम कलेजमा पनि रोकिएन । बिराटनगरको जनता क्याम्पस पढ्दा उनले करिश्मा मानन्धर बनेर किन बढ्दै छु ढुकढुकी देखि माधुरी दिक्षित बनेर धक धक कर्ने लगा…जस्ता गीतमा धेरै पटक नृत्य गरे । कलेजका विभिन्न कार्यक्रममा उनलाई नायिका बनेर नृत्य प्रस्तुत गर्न प्राय प्रस्ताव गरिन्थ्यो ।

त्यसो त उनले काठमाडौंका स्टेजमा पनि आफुलाई महिला कलाकारको रुपमा उतारिसकेका छन् । केही वर्ष अघि डि सिने अवार्ड समारोहमा उनी पूर्ण रुपमा महिलाको रुपमा स्टेजमा उत्रिएर कत्थक नृत्य प्रस्तुत गरे । आफैंले अभिनय गरेको चलचित्र मायाज बारको कुन दिनमा बाँधेछु घुँघुरु…गीतमा उनले महिला बनेर नृत्य प्रस्तुत गर्दा अभिनेता गजितलाई कसैले पनि चिनेनन् । तर पछि कपडा परिवर्त गरेर स्टेजमा उत्रँदा सबै छक्क परेका थिए ।

चलचित्र रिलिजको बेला परेकाले आफुले त्यो गीतमा महिला बनेर अन्य कार्यक्रममा पनि नृत्य प्रस्तुत गरेको अनुभव उनले सुनाए । यसरी महिला बनेर नृत्य प्रस्ततु गर्न सजिलो होस भनेर उनले सारी चोली लगाउन पनि सिकेका रहेछन्,‘महिला बन्दा अबस्यक कपडा म आफैं लगाउँछु । कुन महिलाको चरित्र नभाउने हो, ती महिलाको भावभँगी सबै राम्री हेरेर नक्कर गरेर, पूर्ण अभ्यासपछि मात्र स्टेजमा प्रस्तुति दिने गरेको छु ।’ गजितले भने,‘पहिला पहिला नाटक देखि नाचहरुमा पुरुष कलाकार नै महिला बनेर उत्रन्थे । यसरी फरक लिँग र चरित्रमा उत्रँदा उनीहरुको पनि मनोविज्ञान र भावना बुझ्ना सजिलो हुँदो रहेछ ।’ त्यसैले यसपटक तीज गीतमा सारी चोलीमा सजिएर नृत्य गर्दा आफुलाई कुनै पनि अप्ठेरो महसुस नभएको पनि गजितले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 101 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार