बैतडीमा भूमि आयोगको काम अघि बढेन

बैतडी । सुकुम्बासी तथा भुमिहिन नागरिकलाई जग्गा प्रदान गर्ने उदेश्यले गठन भएको राष्ट्रिय भूमि आयोगको काम बैतडीमा अपेक्षित रुपले अघि बढ्न सकेको छैन् ।

१० स्थानीयतह रहेको बैतडीमा ३ पालिका बाहेक अन्यमा कामको सुरुवात नै भएको छैन् । जिल्लाको पञ्चेश्वर गाउँपालिकामा काम सुरु भएको छ भने, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकाले आयोग संग सम्झौता गरेकाछन् ।

जिल्लाका ७ स्थानीयतहले भुमि आयोगसँग सम्झौतासम्म गरेका छैनन् । आयोग गठन भएका बेला जग्गा प्राप्त हुने आशमा बसेका व्यक्तिहरुमा निराशा छाएको अधिकारकर्मी राजुराज भुलले बताए ।

उनले भने, ‘भुमिहिन, सुकुम्बासी र अव्यवस्थीत बसोबास भएका व्यक्तिहरुलाई जग्गा प्रदान गर्दा केहि मुक्त हलिया समेत समेटिने थिए । तर कामको कुनै प्रगति नहुदाँ हामी अधिकारकर्मीहरु समेत निराश छौँ । काम हुदैँन की भन्ने चिन्ता लागेको छ ।’

बैतडीमा करिब ९हजार व्यक्ति सुकुम्बासी, भुमिहिन तथा अव्यवस्थीत बसोबासी रहेको हुनसक्ने भुलको भनाई छ ।

भुमिहिनलाई जग्गा प्रदान गर्ने कार्यक्रम स्थानीयतहको उदासीनताका कारण ओझेलमा परेको राष्ट्रिय भुमि आयोग बैतडीका अध्यक्ष धर्मसिंह ऐरले बताए । उनले भने, ‘हामीले स्थानीयतह संग समन्वय गरेर काम गर्नुपर्छ । स्थानीयतहका प्रमुखले राष्ट्रिय भुमि आयोगको कार्यालय काठ्माण्डौँमा गएर सम्झौता गर्नुपर्ने नियम छ । उनिहरुले सम्झौता नगरेका कारण कामको थालनी नभएको हो ।’

स्थानीयतहले आयोगको केन्द्रीय कार्यालयसँग सम्झौता गरेपछि आफुहरु तथ्यांक संकलन गरेर काम अघि बढाउने ऐरले बताए । अहिले जिल्लाको दशरथचन्द, पाटन र पुर्चौडी नगरपालिका तथा डिलाशैनी, दोगडाकेदार, सुर्नया र सिगास गाउँपालिकामा ३ पटक पत्राचार गर्दा समेत सम्झौताका लागि आनाकानी गरेको उनले बताए । बैतडीमा आयोग गठन भएको ४महिना पुरा भैसकेको छ भने काम सुन्य जस्तै छ । आयोगका पदाधीकारीहरु काम बिनै तलव खाएर बसेका छन् ।

सम्झौता नगरेका स्थानीयतहहरुले केही दिनमै सम्झौता गर्ने बताएका छन् । केही पालिकाका प्रमुखहरु काठमाडौं मै रहेकाले सम्झौता गरेर जिल्ला फिर्ता हुने बताएका छन् । सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले सम्झौता एक दुई दिनमा सम्झौता गर्ने बताए । जिल्लाको डिलाशैनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काठमाडौँमै रहेकाले सम्झौता गरेर फर्किने पालिका प्रवक्ता यज्ञराज भट्टले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार