अमिताभको नयाँ रहस्य

मुम्बई । ‘धेरैपटक यस्तो क्षण पनि आएको हुन सक्छ, कि तपाई निःशब्द भइरहनु हुन्छ । यस्तै भर्खरै मलाई भएको छ,’ सामाजिक सञ्जालमा चिटिक्कको पहेंलो कारसहित देखिएका अभिनेता अमिताभ बच्चनले लेखेका छन्, ‘म केही बोल्न खोजिरहेको छु, शब्द निस्कनै सकेको छैन, कुनै जमानाको एउटा कथा…समयको एक इसारा ।’

अमिताभले लेखेको यो स्टाटस अहिले ‘भाइरल’ बनेको छ । वास्तवमा बलिउडमा ‘महान् अभिनेता’को छवि स्थापित गरेका उनको तस्बिरमा ‘विन्टेज’ देखिन्छ । नयाँ कारबापत उनी निकै खुसी देखिएका छन् । कारमा उनले कवितासमेत लेखिएको देख्न सकिन्छ ।

आफ्नो ‘ब्लग’मा बिग बीले नयाँ कार’bout चाखलाग्दो कथा सार्वजनिक गर्ने प्रतिबद्धता पनि जनाएका छन् । उनले लेखेका छन्, ‘साँच्चै भन्नुपर्दा यसमा ठूलो रहस्य लुकेको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

epaper

ताजा समाचार

देउवाको स्वदेश फर्किने तालिका परिवर्तन, साउन २८ गते काठमाडौं आइपुग्ने