इटालीमा एकै दिन ४ सय ७५ जनाको मृत्यु

रोम । कोरोना भाइरस संक्रमणबाट इटालीमा अवस्था अति भयावह बनेको छ । कोरोना कारण इटालीमा मृत्यु हुनेको संख्या तीव्र गतिमा बढेको छ । इटालीमा बुधबार एकै दिन ४ सय ७५ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमण फैलिएका देशहरुमध्ये संसारमै एकै दिनमा एउटै देशमा अहिलेसम्मकै बढी मृत्यु भएको हो ।

इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या झण्डै तीन हजार पुगेको छ । इटालीमा अहिलेसम्म ३५ हजार ७ सय १३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । लोम्बार्डी क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ ।

सो क्षेत्रमा एकै दिन ३ सय १९ जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण कम्तिमा ८ हजार ७ सय ५८ जनाको मृत्यु भएकोमा अधिकांश चीनका छन् । पछिल्लो समय यो महामारी चीनमा नियन्त्रण भएको छ भने युरोपमा व्यापक बनेको छ ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वको १६५ देशमा फैलिएको छ । वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार कोरोना भाइरसको कारण अहिलेसम्म विश्वभर ८ हजार ९४४ जनाको मृत्यु भइसकेको छ ।

विश्वरभर अहिले कोरोना भाइरसबाट २ लाख लाख १८ हजारभन्दा बढी संक्रमित भएका छन् भने ८४ हजार तीन सयभन्दा बढी पूर्ण रुपमा निको भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रसुवाको आमाछोदिङमाे–१ मा एमालेको प्यानल नै विजयी