ब्वाइफ्रेन्डले बढी हस्तक्षेप गर्छन्
बर्दिया, मैनापोखरकी अस्मिता पुरी दुई वर्षदेखि ‘म्युजिक भिडियो’ मोडलका रूपमा सक्रिय छिन् ।
६ वर्षअघि अध्ययनका लागि काठमाडौं आएकी हुन्, उनी । अहिले पदमकन्या क्याम्पसमा स्नातक अध्ययनरत अस्मिता दुई वर्षअघि गायक प्रमोद खरेलको ‘तिमीसँगै जिउँछु मर्छु…,’ गीतको भिडियोमा मोडलिङपछि कलाक्षेत्र प्रवेश गरेकी हुन् । त्यसअघि, उनी स्टेजमा नृत्यंगना थिइन् ।
हालसम्म अस्मिताले २२ वटा म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् । रञ्जित परियारको
‘बटौली बजार…’, भावना आचार्यको ‘मुलको पानी…’, ‘बोल्दैन फोटो…,’सहित उनका थुप्रै हिट भिडियो छन् । ११ वटा तीजगीत भिडियो गरेकी उनी नृत्यमा कुशल मानिन्छिन् । ‘स्टेज क्विन’का रूपमा समेत परिचित छिन्, अस्मिता । उनको एकल डान्स प्रस्तुति हेर्न मेला महोत्सवमा भिड लाग्ने गर्छ । केही ¥याम्प मोडलिङसमेत गरेकी अस्मितास“ग राजधानी दैनिकका लागि डब्बु क्षत्रीले गरेको सटकट संवाद :
मोडलिङ मा आउनुको कारण ?
कलाकार बन्ने लक्ष्य भएरै हो । गर्दै जाँदा फिल्ममा नायिकाका रूपमा आउने योजना पनि छ ।
नृत्यंगना, कलाकार कि मोडल ?
सुरुमा डान्सर नै हुँ । सानैदेखि नाच्न सिपालु थिएँ । डान्स गरेर नै ३० भन्दा बढी जिल्लामा स्टेज कार्यक्रम गरिसकें । जर्मन, स्विजरल्यान्डजस्ता देश पुगिसकेकी छु । त्यसैले, पहिला डान्स
अनि मोडल ।
डान्स र भिडियोमध्ये कुनमा आम्दानी राम्रो छ ?
भिडियोभन्दा डान्समै राम्रो छ ।
कति हुन्छ कमाइ ?
एउटा स्टेज कार्यक्रममा तीनवटा एकल तथा जोडी डान्स गर्दा नेपालमा ३० देखि ३५ हजार रुपैयाँ र विदेशमा एक लाखभन्दा बढी पाइन्छ । भिडियोमा मोडलिङ गर्दा एउटा गीतको १० देखि
१२ हजार दिन्छन् ।
डान्सभन्दा मोडलिºले बढी चिनाउ“छ होला नि ?
त्यो त हो । स्टेजमा नाच्दा मेला महोत्सवमा ५–६ हजारले हेर्छन् । तर, एउटा भिडियो लाखौंले हेर्छन् । भिडियोले मोडललाई बढी चिनाउँछ र सेलिब्रेटी बनाउँछ ।
स्टेजमा कामुक प्रस्तुति दिएर पनि फिल्मका ‘आइटम’ गीतमा देखिएको छैन नि ?
फिल्ममा राम्रै रोल गर्छु भनेर खासमा डान्स नगरेकी हु“ । तर, अब भने केही फिल्ममा आइटम डान्स पनि गर्छु । नायिकाले त गर्छ भने हामीले किन नगर्ने ?
मोडलको ‘ब्वाइफ्रेन्ड’ हुन्छ भन्छन्, छ कि छैन ?
नभएको हैन, पहिला थियो । पछि ‘ट्राजिडी’ भयो । अहिले
प्रेमसम्बन्ध छैन ।
प्रेमसम्बन्ध हु“दा ‘रिलेसनसिप’ पनि भयो कि ?
त्यो त भएन । प्रेम भएको केही समयमै उनी विदेश गए । त्यसपछि हाम्रो ‘ट्राजिडी’ भयो ।
अर्को प्रेमी बनाइएन ?
छैन । अब ‘करिअर’मा ‘फोकस’ गर्छु । प्रेमीले कलायात्रामा निकै हस्तक्षेप गर्दा रहेछन् । स्वतन्त्रसँग काम गर्न नपाइँदो रहेछ । काठमाडौंबाहिर जाँदा पनि शंका गर्छन् । त्यसैले, अब स्वतन्त्र भएर काम गर्ने निर्णयमा पुगेकी छु ।
प्रेमीबिनाको जीवन पनि रमाइलो हुन्छ र ?
हुन्छ नि † साथीहरू छन् । मेरा ‘बेस्ट फ्रेन्ड’ छन् । उनीहरूसँगै
रमाइलो गर्छु ।
कस्तो रमाइलो ?
भेटघाट, घुमघाम, फिल्म हेर्ने, खुब नाच्ने, रमाउने, कहिलेकाही“ वाइन पिउने । हाम्रो रमाइलो गर्ने तरिका यस्तै–यस्तै हुन् ।
थप तस्बिरका लागि www.rajdhanidaily.com login गर्नुहोला ।
तपाईं पनि मोडलिङ क्षेत्रमा इच्छुक हुनुहुन्छ ? यस क्षेत्रमा ‘करिअर’को ढोका खोल्न चाहनुहुन्छ ? आउनुहोस्, हामी साथ दिनेछौं ।
सम्पर्क :[email protected]
तस्बिर : सत्यन श्रेष्ठ
लोकेसन : मोजो बुटिक होटल, मध्यबानेश्वर