सेयर बजारका सबै सूचक घटे, एक अर्बको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार झन्डै २२ अंकले घटेको छ । नेप्से आज २१ दशमलव ९७ अंकले घटेर एक हजार नौ सय ७३ दशमलव ३८ विन्दुमा झरेको छ । आज सबै समूहको सेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, उत्पादन, जलविद्युत् र फाइनान्स समूहको सेयर भने उच्च अंकले ओेरालो लागेको छ ।

नेप्से दोहोरो अंकले घटेको दिन दुई सय २४ वटा कम्पनीको २९ लाख ९२ हजार कित्ता सेयर एक अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड रुपैयाँको सेयर किनबेच भयो ।

आज हिमालयन पावर पार्टनरको सेयर सबैभन्दा धेरै झन्डै ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आरबीबी म्युचल फन्ड १ र नेपाल इन्भेस्टमेन्ट बैंकको डिबेन्चर झन्डै २ प्रतिशतले बढेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

२५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरको १७ मध्ये १० पालिकाका कांग्रेसका उम्मेदवार निर्वाचित (सूचीसहित)